SEE Result 2082

तीनजना पूर्व प्रधानाध्यापकलाई भक्तपुर शैक्षिक रोशन पदक प्रदान

आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक व्यवस्थापन उत्कृष्ट गरेको भन्दै रोम्बस सेकेण्डरी स्कुलले भक्तपुरका तीन जना प्रधानाध्यापकलाई ‘भक्तपुर शैक्षिक रोशन’ पदक प्रदान गरेको छ ।

भक्तपुरको जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा आफ्नो विद्यालयलाई चिनाउन सफल तीन जनालाई आफ्नो छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा विद्यालयले सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा वागीश्वरी माविका पूर्व प्रधानाध्यापक मोहनप्रसाद प्रजापति, बासु माविका पूर्व प्रधानाध्यापक बालमुकुन्द बासुकला र जोरपाटी मावि तथा देवी माविका पूर्व प्रधानाध्यापक शेरबहादुर ङाखुसी रहेका छन् ।

रोम्बस सेकेण्डरी स्कुलको छैटौं वार्षिक साधारणसभा, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पदक, दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका छन् ।

कार्यक्रममा प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई सभ्य, सुसंस्कृत र असल नागरिक बन्न अभिप्रेरित गर्दै व्यक्ति समृद्धि बन्ने होइन देशलाई समृद्धितर्पm लग्न सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले शिक्षाले व्यक्ति, समाज र देशलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको र उच्च शिक्षामा गरिब जनताको पहुँच नभएको बताउँदै शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न भनपाले सस्तोमा गुणस्तरीय शिक्षा दिने कलेजहरू सञ्चालन गरी भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउन लागिरहेको बताए ।

कार्यक्रममा स्कूलका प्रिन्सिपल राजेन्द्र कोजूले रोम्बस स्कूल चरित्रवान, नैतिकवान र विद्यार्थी उत्पादन गर्ने अभियानमा रहेको बताउनुहुँदै विद्यालयले पठनपाठनका अतिरिक्त खेलकुद र साहित्यलाई विशेष जोड दिँदै आएको बताए ।

सोही अवसरमा ईसिडी विशेषज्ञ सानु अमात्यले स्कूलको गतिविधि बालमैत्री भएको बताउँदै २१ औं शताब्दीमा विद्यार्थीहरूलाई युग सुहाउँदो शिक्षा दिन विद्यालय अग्रसर हुनुपर्ने र बालबालिकाको शारीरिक र मानसिक विकास सँगै असल संस्कार दिनुपर्नेमा जोड दिइन् ।

विद्यालयले सोही अवसरमा रोम्बस शुभश्री पदक २०७६ प्रदान गरेको छ । सो सम्मानबाट कमल ढुंगाना, बबिता गुरूङ र लक्ष्मीकुमार भैनात्व सम्मानित भएका छन् ।

कार्यक्रममा वर्ष अभिभावक पदक २०७६ उमेश खड्कालाई प्रदान गरिएको छ । त्यस्तै सक्रिय अभिभावक पदक २०७६ बाट राजेश श्रेष्ठ र बिन्दा थापा सम्मानित भएका छन् ।

सोही अवसरमा वर्ष शिक्षक पदक २०७६ बाट शिक्षक उमेश सुवाल सम्मानित भएका छन् । कार्यक्रममा रोम्बस निरन्तर सेवा पदक २०७६ बाट शिक्षकहरू नवीन दुवाल, रोशनी सुवाल, अर्चना मानन्धर, सूर्यप्रसाद तिमल्सिना र जनकराज कार्की सम्मानित भएका छन् ।

कार्यक्रममा चित्रबहादुर पाण्डे गौरब पुरस्कार २०७६ बाट विपिन उप्रेती सम्मानित भएका छन् ।

+2 School
Counseling
Bachelors Portal