After SEE Portal

बनेपा स्थित भैरव माध्यमिक विद्यालयमा बाली विज्ञानको पढाइ हुने

Bridge Course

बनेपा, १० असार (रासस) : महाभारत गाउँपालिका–१ स्थित धापगाउँको भैरव माध्यमिक विद्यालयमा बाली विज्ञान विषयको पढाइ हुने भएको छ । 

प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत कक्षा ९ मा यसै शैक्षिक शत्रबाट भर्ना खुला गरिएको विद्यालयका प्रधानाध्यापक खुवनाथ दुलालले बताउनुभयो ।

शिक्षा मन्त्रालयबाट स्वीकृति लिएपछि असार ६ देखि १५ गतेसम्मको लागि आवेदन खुल्ला गरिएको विद्यालयले जनाएको छ ।

 “एक गाउँपालिका एक प्राविधिक विद्यालयको अवधारणा आएसँगै स्वीकृति लिएर भर्ना खुला गर्न सफल भएका छौँ”, विद्यालयका प्रधानाध्यापक दुलालले भन्नुभयो । भर्ना खुला गरिएसँगै वरपरका खानीखोला गाउँपालिका, छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी र मरिनठाकुर तथा मकवानपुरको वाग्मती गाउँपालिकाबाट विद्यार्थी आउने क्रममा रहेको छ ।

यसै शैक्षिक शत्रका लागि ४८ जनाको कोटाका लागि भर्ना फारम वितरण भइरहेको छ ।

A Levels MA