After SEE Portal

कक्षा १२ मा शैक्षिक प्रमाणपत्र लिने आधारहरु

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७७ को कक्षाको नतिजा गत शुक्रबार प्रकाशन गरेको छ । सो परीक्षामा तीन लाख ७५ हजार १६ जना विद्यार्थी सहभागी थिए ।

सो परीक्षामा तीन लाख ७५ हजार १६ जना विद्यार्थी सहभागी थिए ।सार्वजनिक भएको नतिजा अनुसार ३.४६ देखि ४ जीपीए ७ हजार ६३  जनाले ल्याएका छन् ।त्यसैगरी ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार २३९ जना रहेका छन् । त्यस्तै २.६१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ७० हजार १ रहेको छ । त्यस्तै  २.४१ देखि २.८० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ९९ हजार ५३७ जना, २.०१ देखि २.४० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ७५ हजार ८८र जीपीए १.६१ देखि २.०० सम्म ल्याउने २४ हजार ५१५ जना,  १.२१ देखि १.६० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ३ हजार ८७५ र ०.८१ देखि १.२० जीपीए ल्याउनेको २९६ र ०.०० देखि ०.०८ सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या  १० हजार ७३ रहेको छ । 

बोर्डले नतिजा सार्वजनिक गरेसंगै विद्यार्थीलाई प्रमणपत्र लिने चटारो परेको छ । बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्ने निश्चित आधार तयार गरेको छ ।

बोर्डले अङ्कन पद्दति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण भई सैद्धान्तिक तर्फ न्यूनतम पैतिस प्रतिशत र प्रयोगात्मक तर्फ न्यूनतम चालिस प्रतिशत अङ्क प्राप्त गरेका विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने मापदण्ड लागु गरेको छ ।

त्यस्तै अक्षराङ्कन पद्दति (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७४ वा सोभन्दा बढी भएका) अनुरुप परीक्षामा सहभागी भई कक्षा ११ र १२ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन दिन सक्ने बोर्डले २०७७ फागुन १८ गते जारी गरेको मापदण्डमा निर्देश गरेको छ ।

बोर्डले यो वर्ष पनि सोही मापदण्डलाई कार्यान्वयन गर्ने जनाएको छ । बोर्डका अनुसार कुनै विद्यार्थीले तोकिएको ग्रेड प्राप्त नगरी रकम दाखिला गरेमा उक्त रकम फिर्ता गर्दैन । शैक्षिक योग्यताका प्रमाणपत्र लिई सकेका विद्यार्थीहरूले ग्रेडवृद्धि परीक्षा दिन नपाउने व्यवस्था बोर्डले गरेको छ ।

कुनै विषयमा सी वा म्डी प्लस प्राप्त गरी पुनः ग्रेडवृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरुले ग्रेडवृद्धि परीक्षाको नतिजा आउनुपूर्व नै शैक्षिक प्रमाणपत्र लिएको खण्डमा पछिल्लो पटक दिएको ग्रेडवृद्धि परीक्षाको परीक्षाफल समावेश नहुने सो मापदण्डमा उल्लेख छ ।

ग्रेडवृद्धिको परीक्षा दिएका विद्यार्थीले उक्त पुरक परीक्षाको नतिजा प्राप्त भए पश्चात् मात्र शैक्षिक योग्यताका प्रमाणपत्रका लागि निवेदन पेश गर्न समेत बार्डले आग्रह गरेको छ ।

शैक्षिक प्रमाणपत्रहरू ट्रान्स्क्रिप्ट, माइग्रेशन र प्रोभिजनल लिन बोर्डले विद्यार्थीसंग क्रमशः रु. ३५०, रु. ४०० र रु. ३५० गरी जम्मा रु. १ हजार १ सय शुल्क लाग्ने बोर्डले जानकारी दियो ।

कक्षा १२ को मौका परीक्षाबाट उत्तीर्ण भएका विद्यार्थीहरुले प्रमाणपत्रका लागि थप रु. ३५० बुझाउनुपर्ने व्यवस्था रहेको छ ।  बोर्डले विद्यालयले विद्यार्थीहरूसँग तोकिएभन्दा बढी शुल्क नलिन समेत अनुरोध गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books