After SEE Portal

बागेश्वरी बहुमुखी क्याम्पसलाई आङ्गिक मान्यता

Bridge Course

राँझा, १७ चैत (रासस): बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा रूपान्तरण भएको छ । विसं २०७५ भदौ २२ गते नेपाल सरकार मन्त्रिपरिषद्ले बागेश्वरी क्याम्पसलगायत १० क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेबमोजिम शुक्रबारदेखि बागेश्वरी बहुमुखी क्याम्पसले मध्यपश्चिम विश्वविद्यालयको सातौँ आङ्गिक क्याम्पसको रूपमा मान्यता पाएको हो । 

विसं २०४८ मा स्थापना भएको सो क्याम्पस हालसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहँदै आएको थियो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा उपेन्द्र कोइरालाले अबदेखि क्याम्पसको सम्पूर्ण जिम्मेवारी मध्यपश्चिम विश्वविद्यालयले लिए पनि शैक्षिक गुणस्तर कायम गर्न स्थानीय सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

क्याम्पसलाई यस क्षेत्रकै उत्कृष्ट क्याम्पसका रूपमा स्तरोन्नति गराउन आवश्यक रहेको भन्दै उहाँले आफ्नो जिम्मेवारीबाट पञ्छिन खोज्ने प्राध्यापक र कर्मचारी सजायको भागिदार हुनुपर्ने चेतावनी दिनुभयो । “कोही पनि आफ्नो जिम्मेवारीबाट पञ्छिन मिल्दैन”, उपकुलपति कोइरालाले भन्नुभयो, “क्याम्पससँग सम्बन्धित सबै व्यक्ति थप जिम्मेवार हुनुपर्ने समय आएको छ ।” विभिन्न सङ्गठनका नाममा शैक्षिक संस्थामा राजनीति नगर्न समेत कोइरालाले आग्रह गनुभयो । 

क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भएसँगै बागेश्वरी बहुमुखी क्याम्पसप्रति आफू थप जिम्मेवार भएको बताउनुभयो । उहाँले क्याम्पसलाई प्राविधिक शिक्षालयको ‘हब’का रूपमा विकास गराउने योजना रहेको बताउँदै त्यसका लागि क्याम्पसमा थप सङ्कायका विषयमा पठनपाठन शुरु गरिनुपर्ने उल्लेख गर्नुभयो । 

A Levels MA