After SEE Portal

आयुर्वेद, प्राकृतिक चिकित्सा पाठ्यक्रममा समावेश हुने

Bridge Course

काठमाडौँ, १७ साउन (रासस) ः राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को आज बसेको ७० औँ बैठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पाठ्यक्रम विकासका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न सो बैठकले उक्त निर्णय गरेको हो । 

परिषद्ले गरेको यो निर्णय स्वागतयोग्य भएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थ ठाकुरले बताउनुभयो । 

यो निर्णयले समृद्ध नेपाल बनाउने अभियानलाई सहयोग पुग्ने बताउँदै कार्यकारी निर्देशक ठाकुरले गरिबी निवारण र रोजगारीमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

A Levels MA
Thuprai - Books and E-books