After SEE Portal

त्रिवि ४८औँ दीक्षान्त समारोहमा महर्जनलाई चार पदकले विभूषित गर्दै (पदक पाउने विद्यार्थीको विवरण सहित)

Bridge Course

त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा सकुन महर्जनलाई चार पदकले विभूषित गरिने भएको छ ।

त्रिविद्वारा आज जारी गरिएको सूचनामा स्नातकोत्तर तह २०७६ सालका विद्यार्थीलाई विभिन्न चार पदक एवम् पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ ।

पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका विद्यार्थी महर्जनले ४.०० सीजीपीए प्राप्त गरेको हुनाले पुरस्कृत गर्न लागिएको हो । उनलाई सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएको हुनाले चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्ति नारायण मिश्र पदक प्रदान गरिने त्रिविको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै रोहन व्यञ्जनकारलाई तीन ओटा पदकले विभूषित गरिने भएको छ । अर्थशास्त्र केन्द्रीय विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका व्यञ्जनकारलाई एम.ए. अर्थशास्त्र विषयमा ३.८५ सीजीपीए प्राप्त गरेको हुनाले तारापद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक, चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार प्रदान गरिने भएको हो ।

त्यस्तै रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गका छात्रा रबिना घिमिरेलाई एम.ए. राजनीति शास्त्र विषयमा सर्वप्रथम भएको हुँदा ललित चन्द पुस्कार  र वडाकाजी मरिचमान सिंह पदक प्रदान गरिने भएको हो ।

सो समारोहमा स्नातक तहका उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिँदै आएको भाइस चान्लर पदक चन्द्रकला राना पक्लिहवा क्याम्पस, पक्लिहवालाई प्रदान गरिने उल्लेख छ ।

मङ्सिर २३ गते शुक्रबार आयोजना हुने त्रिविको ४८औँ दीक्षान्त समारोहमा त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली पनि प्रकाशन गरेको छ ।

त्रिविले आज प्रकाशित गरेको नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए मङ्सिर १५ गतेभित्र स–प्रमाण त्रिवि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सम्पर्क राखी दाबी विरोध गर्न सकिने त्रिविले जानकारी दियो ।

दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूले मङ†सिर १८ गतेभित्र आफूले प्राप्त गरेको सक्कल ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकपी सहित यस पनिका., बल्खुमा सम्पर्क राख्नु पर्ने सूचनामा उल्लेख छ ।

दीक्षान्त समारोहमा फोटो स्टुडियो राख्न सकिने

त्रिविको ४८ औं दीक्षान्त समारोहमा फोटोग्राफरहरूले स्टुडियो राख्न पाउने भएका छन् । इच्छुक स्टुडियोले त्रिविले निर्धारण गरेका सर्त बमोजिम मङ्सिर २० गतेभित्र सम्पर्क गर्नुपर्ने उल्लेख गरिएको छ ।

पनिकाको ग्लोबल आई।एम।ई। बैंकमा रहेको चहिन. ०५०१०१०००००७७ मा रु.५० हजार नगद जम्मा गरेको बैंक भौचर पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ।

काम समाप्त भएपछि रु.२५हजार मात्र फिर्ता गरिने त्रिविले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books