After SEE Portal

सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Bridge Course

काठमाडौं । ४० औं राष्ट्रिय शिक्षा दिवस एवम् ५३ औं अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस २०७६ को उपलक्ष्यमा गोकर्णेश्वर नगरपालिकाले एक सम्मान एवम् पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको थियो ।

अत्तरखेल जोरपाटी स्थित चेल्सी इन्टरनेशनल एकेडेमी तथा विद्या संस्कार स्कुलको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम प्रतिनिधि सभा सांसद श्री कृष्ण कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

                        


विद्या संस्कार स्कुलका विद्यार्थीहरुको स्वागत गान संगै शुरु भएको कार्यक्रममा नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरुल विविध सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रमका सभापति समेत रहनुभएका गोकर्णेश्वर नगरपलिकाका नगरप्रमुख श्री सन्तोष चालिसेले नगरपलिका अन्तर्गतका विभिन्न विद्यालयका आभारभूत शिक्षा तथा माध्यमिक शिक्षा परीक्षामा उच्च ग्रेड हासिल गर्ने विद्यार्थीहरुलाई नगद तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

                       


 गोकर्णेश्वर नगरपालिकाका पाँचवटै वडाका वडाप्रमुख, वडा सदस्य, नगरसभासद, सामुदायिक तथा निजी स्कुलका सञ्चालक, प्रधानाध्यापक, शिक्षक शिक्षिका तथा विद्यार्थीहरु सहभागी रहेका थिए । 

कार्यक्रममा नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका शिक्षण सिकाइ क्रियाकलापमा निरन्तर उत्कृष्टता प्रदर्शन गर्ने शिक्षक शिक्षिका लाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । निरन्तर पच्चीस वर्षसम्म एउटै संस्थामा रही सेवा गर्दै आएका शिक्षक शिक्षिकालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

 आयोजक  गोकर्णेश्वर नगरपालिका र संयोजक चेल्सी इन्टरनेशनल एकेडेमी तथा विद्या संस्कार स्कुल रहेको उक्त कार्यक्रममा सहभागी विभिन्न वक्ताहरुले आआफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

 कार्यक्रमको अन्तमा चेल्सी इन्टरनेशनल एकेडेमी तथा विद्या संस्कार स्कुलका निर्देशक तथा संस्थापक प्रधानाध्यापक श्री सुधीर कुमार झाले कार्यक्रमका सभापति, विशिष्ट अतिथि तथा अन्य अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

A Levels MA