After SEE Portal

अष्ट्रेलियाका विद्यार्थी नेपाल आउन सहजीकरण गरिदिनेः वाट्स

Bridge Course

नेपालको तिनदिने भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले अष्ट्रेलियाका विद्यार्थी नेपाल आउन सहजीकरण गरिदिने बताएका छन् । काठमाडौं विश्वविद्यालय धुलिखेलको भ्रमणका क्रममा भएको एक उच्च तहको अन्तकृयामा बोल्दै मन्त्री वाट्सले सो धारणा राखेका हुन् । “बिदेश गएर अध्ययन गर्दाको महत्व आफ्नो स्थानमा भएपनि देश विकास गर्न चाहनेले स्वदेशमा नै अध्ययन गर्नपछर्”, उनको भनाई थियो ।

सहायक विदेशमन्त्री बाट्सलाई स्वागत गर्दे विश्वविद्यालयका उपकुलपती प्राडा  भोला थापाले प्रस्तुत गरेको अन्तराष्टिय विद्यार्थीलाई नेपाल ल्याउने अभियान बारेको फेलोसिप लगायतका विश्वविद्यायका नीतिहरु बारे धारणा राख्दै विश्वविद्यालयले शुरु गरेको अन्तराष्टि«य विद्यार्थीलाई नेपाल ल्याउने अभियानमा साथ दिएर अष्ट्रेलियाका विद्यार्थी नेपाल आउन वातावरण बनाउन पनि सहजीकरण गरिदिने बताए।

नेपाल र अष्ट्रेलियाका विश्वविद्यालयहरुविच भइरहेका सहकार्यको सह्रना गर्दै सहायक विदेशमन्त्री बाट्सले ती सहकार्यलाई यथार्थको सहकार्यमा परिणत गर्ने आवश्यकतामा पनि जोड दिएका थिए ।

 विश्वविद्यालयका डिन, अष्ट्रेलिया अध्ययन गरेर फर्केका प्राध्यापक र अष्ट्रेलियासंगको सहकार्यमा अध्ययन र अनुसन्धान गरिरहेकाको सहभागितामा सम्पन्न उक्त अन्तरक्रियामा राजदुत महामहिम फेलिसिटी भोल्क, विश्वविद्यालयका रजिष्टार प्राडा अच्युत बाग्ले, अन्तर्राष्ट्रिय सम्वन्ध महाशाखाका निर्देशक डा उद्धब प्याकुरेल, योजना महाशाखाका निर्देशक विराज थापा लगायतको उपस्थिती थियो ।

A Levels MA
Thuprai - Books and E-books