After SEE Portal

अथर्व कलेज र कुमारी जबले विद्यार्थीको वृत्ति विकासका सम्बन्धमा सहकार्य गर्ने

Bridge Course

काठमाण्डौको महाराजगंजस्थित अथर्व विजनेश कलेज र कुमारी जब विच विद्यार्थीको वृत्ति विकासका सम्बन्धमा सहकार्य गर्ने सम्झौता भएको छ ।

दुवै संस्थाले गत माघ १५ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कलेजका प्राचार्य मनोज कुमार थापा मगरले र कुमारी जबका प्रबन्धक शन्देश भण्डारीले सो सभम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बोल्दै प्राचार्य मगरले सो सम्झौताले विद्यार्थी क्षमता अभिवृद्धिमा कोशे ढुंगाा साबित हुने बताए । प्रबन्धक भण्डारीले विद्यार्थीको जागीर, वृति विकासका अलावा व्यावसाय प्रवर्दनका निम्ति जोड दिइने बताए ।

पोखरा विश्वविद्यालय बाट सम्बन्धन प्राप्त अथर्व कलेजमा हाल व्वस्थापन संकाय अन्तर्गत बीबीए, बीएचएम र बीएचसीएम का तीन ओटा कार्यक्रम् सञ्चालन हुँदै आएको छ ।

दुई संस्थाको संझौताले उक्त कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई बजारको आवश्यकता अनुसार तालिम वृत्ति विकास, इन्टर्नसिपको व्यवस्था लगायत रोजगारीको अवसरको सुनिश्चितता हुने दुवै संस्थाको विश्वास छ ।

A Levels MA
Thuprai - Books and E-books