After SEE Portal

सातै प्रदेशका मेडिकल कलेजले २०८० देखि पढाइ सुरु गर्नुपर्ने

Bridge Course

गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोडेका छन् ।

सरकार र प्राडा केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएपछि केसीले अनसन तोडेका हुन् ।  सरकार र प्राडा केसीले देशका अन्य प्रदेशमा २०८० फागुन १० भित्र पढाई सुरु गर्ने दुईपक्षीय सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तैगरी यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

त्यसैगरी चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा। केसीबीच २०७५ साउन १० मा भएको सहमतिलाईलाई पनि राखिने भएको छ ।

केसीले गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ अनशन शुरु गरेका थिए । प्राडा केसीको स्वास्थ्यस्थिति खराब हुन थालेपछि सरकारले काठमाडौँ ल्याएको थियो ।

सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागेको जानकारी गराउँदै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयम मूल्याङ्कन प्रतिवेदन पेश गरिसकेको छ ।

यस्तै प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिवास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरु योजना स्वीकृत भइरहेको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतको अन्तिम चरणमा रहेको छ र हाल विस्तृत परियोजना प्रस्ताव सम्बन्धि कार्य प्रारम्भ भइसकेको जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books