आधा दर्जन शिक्षकसंग स्पष्टीकारण माग

निर्वाचन आयोगले पशुपती आधारभूत विद्यालय सुनकोशी गाउँपालिका वडा नं। ५, मुल्कोट, सिन्धुलीमा कार्यरत शिक्षक निर्मला श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता विपरित आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनाव प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्र मार्फत लेखी आएको हुँदा आयोगले स्पष्टीकरण सोधेको हो ।

इन्द्रसरोवर गाउँपालिका, वडा नं. 4, मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण सोधेको छ ।  निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेको हुँदा स्पष्टीकरण सोधिएको हो ।

आयोगले डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई स्पष्टीकरण सोधेको छ । भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधेको हो ।

आयोगले रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका खिलराज सापकोटालाई स्पष्टीकरण सोधेको छ । सापकोटाले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधिएको हो ।

आयोगले रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका खिलराज सापकोटालाई स्पष्टीकरण सोधेको छ । सापकोटाले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधिएको हो ।

आयोगले धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतलाई स्पष्टीकरण सोधेको छ । क्याम्पस प्रमुख  बस्नेतले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले जनज्योति आधारभूत प्राथमिक विद्यालयका सुनकोशी गाउँपालिका वडा नं.५, सिन्धुलीका भुवन आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनाव प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्र मार्फत लेखी आएको हुँदा आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

Thuprai - Books and E-books