A Levels MA

शान्ति विश्वविद्यालय प्रस्ताव स्वीकृत

काठमाडौँ, ४ असोज (रासस):  प्रतिनिधिसभाको आजको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको सम्झौतासम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । 
गृहमन्त्री थापाले विश्व शान्तिको स्थापनामा नेपालले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै उक्त सम्झौता अनुमोदन गर्नु जरुरी रहेको बताउनुभयो । 

नेपालमा स्थायित्व र शान्ति स्थापनार्थ शान्ति विश्वविद्यालयको अवधारणा अगाडि सारिएको उल्लेख गर्दै मन्त्री थापाले शान्ति स्थापनासम्बन्धी अनुसन्धानकर्ता तयार पार्न विश्वविद्यालय सान्दर्भिक एवं उपयोगी भएको जानकारी दिनुभयो । 
प्रतिनिधिसभाको अर्को बैठक यही असोज ९ गते मङ्गलबार दिनको २ बजे बस्नेछ । 


Thuprai - Books and E-books