A Levels MA

त्रिविको अवैज्ञानिक परीक्षा प्रणाली, प्रश्नपत्र निर्माणमा आशंका

त्रिभुवन विश्वविद्यालयले पटकपटक अवैज्ञानिक रुपमा प्रश्नपत्र निर्माण गर्दै आएको पाइएको छ । त्रिविले बोर्ष बाहिरका प्रश्नपत्र निर्माण गरेको, पुराना कोर्षका विद्यार्थीलाई नयाँ कोर्षबाट प्रश्न सोधे एकवर्षको अन्तरालमा पुनः सोही प्रश्न सोधेको भन्दै विद्यार्थीले बारम्बार आवाज उठाउँदै आएका छन् ।

त्रिविले पुनः यस्तो लापरबाही गरेको भेटिएको छ । त्रिविको व्यवस्थापन संकाय अन्तर्गत एमपीए दोस्रो वर्षको ५० पूर्णाङ्कको पीए ६५० एडमिनिस्ट्रेटिभ सिस्टम इन नेपाल विषयको परीक्षामा २०७४ सालमा सोधेको २०७६ को परीक्षामा पुनः सोधेको पाइएको छ ।

‘त्रिविलाई अनुसन्धानको केन्द्र भन्छन् तर दुई वर्ष अगाडिको प्रश्न सोद्छ ।’ एक परीक्षार्थीले भने, ‘यस्ता लापरबाबहीले गर्दा हामीलाई पास गर्न त सहिजो हुन्छ तर हाम्रो बौद्धिकतामा सुधार आउँदैन, हामीले अनुसन्धान गर्न सक्दैनौं ।’

’हरेक शीर्षकमा हामी शुल्क तिर्छौं, कर तिर्छौं र त्रिविका कर्मचारीलाई पाल्छौं तर त्रिविले हामीलाई बर्सैंदेखि छल्दै आएको छ ।’ सोही संकायका अर्का परीक्षार्थी भन्छन्,त्रिविको परीक्षा प्रणालीनै अवैज्ञानिक छ प्रश्नपत्र निर्माणमा आशंका गर्ने प्रशस्त ठाउँछन् ।’

Thuprai - Books and E-books