After SEE Portal

विभिन्न विश्वविद्यालयको पूर्वाधार निर्माण समितिमा पदाधिकारी नियुक्त

Bridge Course

मन्त्रिपरिषदको गत असार ७ गतेको बैठकले राज्यका विभिन्न निकायका विभिन्न पदमा नियुक्ति गरेको छ ।  शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय स्थापना तयारी समितिको अध्यक्षमा डा. अर्जुन कार्की, सदस्यमा डा. अमिना सिंह, डा असिम ढकाल, प्राडा विपिनचन्द्र अधिकारी, डा. सूर्यराज आचार्य, डा उत्तमबाबु श्रेष्ठ र प्रभूकुमार राणालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्यमा प्राडा मनराज कोलाक्षपति, डा. पदमबहादुर शाही र अनिल पोखरेललाई नियुक्त गरेको छ ।

त्यसैगरी, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सदस्य सचिवमा दुर्गानारायण काफ्लेलाई मन्त्रीपरिषद्ले नियुक्त गरेको छ । त्यस्तै विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा खड्गबहादुर राई र वाङछेदर लामालाई नियुक्त गरेको छ ।

A Levels MA