After SEE Portal

त्रिविका तीन संकायमा डीन नियुक्त

Bridge Course

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले तीन वटा संकायमा डीन नियुक्त गरेको छ । परिषदको हिजो बसेको बैठकले इन्जिनियरिङ अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायमा डीन नियुक्त गरेको हो ।

नियुक्त हुने डीनहरुमा क्रमशः प्रा.डा. शशीधरराम जोशी, प्रा.डा. कुशुम शाक्य र प्रा.डा. चित्र बहादुर बुढाथोकी रहेका छन् ।

विगत तीन महिना अगाडि देखि रिक्त पदमा हिजोको बैठकले तीनै ओटा संकायमा डीन नियुक्त गर्ने निर्णय गरेको शिक्षाध्यक्ष सिवालाल भुसालले बताए ।

कृषि तथा वनविज्ञान बाहेक सबै संकायमा डीनहरु नियुक्त भइसकेको र परिस्थिति सहज हुँदै गएका कारण अव त्रिविको प्रशासनिक तथा अन्य कार्यसम्पादनमा सहज हुने उनले विश्वास व्यक्त गरे ।

A Levels MA
Thuprai - Books and E-books