After SEE Portal

केयुको २८ औं दीक्षान्त समारोहका लागि आजदेखि आवेदन खुला

Bridge Course

काठमाडौं विश्वविद्यालय( केयु) ले २८ औं दीक्षान्त समारोह (दोस्रो चरण )  का लागि आवेदन माग गरेको छ । आगामी जेठ ५ गते सम्ममा विद्यावारिधी, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीबाट आवेदन माग गरेको हो ।

उत्तीर्ण विदार्थीले आज देखि  जेठ ७ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ । विश्वविद्यालयले दोस्रो चरणको २८ औं दीक्षान्त समारोह २०८० जेठ महिनाको चौथो सातामा आयोजना गर्ने तयारी गरिरहेको छ ।

विश्वविद्यालयका सबै (स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, साइन्स, मेडिकल साइन्स, ल ) हरूबाट उत्तीर्ण विदार्थी समारोहमा भाग लिन पाउने भएकाले उक्त समारोहमा सहभागिताका लागि आवेदन मागर गरेको विश्वविद्यालयले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books