After SEE Portal

समतामा आधारित अनुदानका लागि भदौ २३ गतेसम्ममा आवेदन दिनु पर्ने

Bridge Course

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम कार्यान्वयन गर्न समतामा आधारित अनुदानका लागि भदौ २३ गतेसम्ममा आवेदन दिन सूचना जारी गरेको छ ।

यो कार्यक्रमअन्तर्गत पिछडिएका, दुर्गम र प्रकोप प्रभावित क्षेत्रमा सञ्चालित विश्वविद्यालयका आंगिक (सम्बन्धित विश्वविद्यालयमार्फत) र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

विश्व बैंकको सहयोगमा उच्च शिक्षाको श्रम बजारमा सान्दर्भिकता र गुणस्तरको सवलीकरण, सहकार्यमा आधारित अनुसन्धान र नवप्रबर्तनको बढावा तथा अल्पसंख्यक र प्रकोप प्रभावित समूहहरूको उच्च शिक्षामा समतामूलक पहुँचको विस्तार गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगले जानकारी दियो ।

आयोगले निर्धारित मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ। पिछडिएका, दुर्गम र प्रकोप प्रभावित क्षेत्रमा सञ्चालित सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरू र विश्वविद्यालय अनुदान आयोगबाट आब २०७८–०७९ मा नियमित अनुदान प्राप्त गरेका, र न्यूनतम विद्यार्थी साधारण तर्फ तराईमा ७५ जना, र हिमाली र पहाडी ६० जना विद्यार्थी भएका, विज्ञान तथा प्रविधि, संस्कृत, प्राथमिकता क्षेत्रका कार्यक्रमहरूलगायत शारीरिक रूपमा भिन्न विद्यार्थीहरूका लागि सञ्चालन गरिएका कार्यक्रमहरूमा ४० जना कोटा निर्धारण गरिएका कार्यक्रमहरूका हकमा सोही अनुसार, सम्बन्धित विश्वविद्यालयबाट सम्बन्धन नवीकरण भएको कलेजले सो कार्यक्रममा सहभागिता जनाउने छन् ।

आब। २०७७र०७८ को लेखापरीक्षण गराएको प्रस्ताव मूल्याङ्कनमा कम्तिमा ५० प्रतिशत अंक प्राप्त गर्ने उच्च शैक्षिक संस्थाहरूमध्येबाट योग्यताक्रमको आधारमा समतामा आधारित अनुदानका लागि छनोट गर्ने सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books