Edusanjal

छात्रवृत्ति छनोट परीक्षाका  लागि आवेदन माग

भक्तपुर नगरपालिकाले कक्षा ११ मा  प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

नगरपालिकाले शैक्षिक सत्र २०८१–८२ का लागि भक्तपुर नगरपालिकाअन्तगर्तका विद्यालयहरूमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूबाट आवेदन माग गरेको हो ।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्थाबमोजिम विद्यालयले उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृत्तिमध्ये ३३ प्रतिशत छात्रवृत्ति कोटा  सिफारिस गर्दै आएको छ।

छात्रवृत्ति व्यवस्थापनसम्बन्धी सम्पूर्ण प्रक्रिया संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ बमोजिम हुने सूचनामा उल्लेख छ  इच्छुक विद्यार्थीले  असार ३१ गत सोमबारसम्म आवेदन दिन सक्ने स्चनामा उल्लेख छ । छनोट परीक्षा भने आगामी  साउन १२ गते शनिबार  सञ्चालन हुने छ।

+2 School
Counseling
Bachelors Portal