After SEE Portal

प्रमाणपत्र तह नर्सिङको निशुल्क छात्रवृत्ति प्रवेश परीक्षाका लागि आवेदन माग

Bridge Course

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७९–८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको निशुल्क छात्रवृत्ति प्रवेश परीक्षाका लागि आवेदन फारम माग गरेको छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन छात्रवृत्ति विवरण एवम् भर्ना सम्बन्धी निर्देशिका २०७९ बमोजिम परीषदबाट सञ्चालित शिक्षालयहरुमा भदौ ९ गते भित्र निर्धारण गरिएको निशुल्क छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन फारम खुला गरेको हो ।

परिषद्का प्रत्येक आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सञ्चालित शिक्षालयमा शैक्षिक सत्र २०७९–८० का लागि कार्यक्रम सञ्चालन गर्न सम्बन्धन स्वीकृत पाएका प्रत्येक शैक्षिक कार्यक्रममा न्यूनतम योग्यता पुगेका नेपाली नागरिकलाई भर्ना सम्बन्धी निर्देशिकाको दफा १४ अनुसार निर्धारित कुल सङ्ख्यालाई १०० प्रतिशत कायम गरी उक्त सङ्ख्यालाई ५०–५० प्रतिशतमा साधारण र लक्षित वर्ग गरी दुई समूहमा विभाजन गरी दफा १५(ग) मा उल्लेख भए बमोजिमको सङ्ख्यामा निःशुल्क छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ ।

वर्गीकृत निशुल्क छात्रवृत्ति अन्तर्गत २० स्वीकृत कोटा भएका शैक्षिक संस्थाले १ र ४० कोटा स्वीकृत पाएका शिक्षण संस्थाले ३ जनालाई अनिवार्य छात्रवृत्ति प्रदान गर्नु पर्ने व्यवस्था छ ।

 अक्षराङ्कन पद्धति लागू हुनुपूर्वका प्रवेशिका परीक्षाको हकमाः

मान्यता प्राप्त शिक्षण संथाबाट अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषय लिई एसएलसी. वा सो सरहको परीक्षा उत्तीर्ण वा परिषद्बाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित प्राविधिक एसएलसी.÷प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने छ ।

अक्षराङ्कन पद्धति लागू भए पछिको प्रवेशिका परीक्षाको हकमाः

माान्यता प्राप्त शिक्षण सं‚थाबाट प्रवेशिका वा एसईई. परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम ऋ ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जी.पी.ए.) न्यूनतम २ प्राप्त वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एसएलसी.÷प्रि–डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरेको हुनु पर्ने छ ।

A Levels MA
Thuprai - Books and E-books