A Levels MA

कक्षा ११–१२ का स्वाध्यय सामग्री लेखनका लागि आवेदन  माग

शिक्षा तथा मानव स्रोत विकास केन्द्र पाठ्यक्रम तथा सामग्री शाखाले स्वाध्यय सामग्री लेखनकालागि आवेदन  माग गरेको छ ।

नयाँ पाठ्यक्रम अनुसार अनिवार्य नेपाली, अङग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका स्वाध्यय सामग्री लेखनका लागि आवेदन माग गरेको हो ।

चालु आव २०७९–८० मा यस केन्द्रको वार्षिक स्वीकृत कार्यक्रम अनुसार खुला विद्यालय तर्फका कक्षा ११ र १२ का सामग्री लेखनका लागि  केन्द्रकोआजको निर्णय  योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिइसक्नु पर्ने गरी आवेदन माग गरेको छ ।

सम्वन्धित विषयमा स्नातकोत्तर योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपि (सामाजिक विषयका हकमा सामाजिक अध्ययन र सामाजिक विज्ञान सम्बद्ध क्षेत्रका विषयमा स्नातकोत्तर गरेका,  खुला विद्यालय तर्फका स्वाध्ययन सामग्री लेखनमा अनुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्ने केन्द्रद्वारा आज आयोजित सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books