Bachelors Portal

अप्रेन्टिसिप कार्यक्रमका लागि आवेदन माग (शिक्षाप्रदायक संस्था सहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)  परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको प्रिडिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी तालीम (अप्रेन्टिसिप) कार्यक्रममा निःशुल्क प्रशिक्षणका लागि आवेदन माग गरेको छ ।

शैक्षिक सत्र २०८१–०८२ मा निःशुल्क सञ्चालन गरिने प्रि(डिप्लोमा तहको २४ महिना अवधिको शैक्षिक कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको हो ।

आङ्गिक, साझेदार तथा TECS  सामुदायिक विद्यालयहरूमा प्रशिक्षार्थी छनोट गरी भर्ना गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ ।

समग्र मूल्याङ्कन १०० पूर्णाङ्कमध्ये (आवेदन फाराम मूल्याङ्कन -२०, उद्योगरव्यवसायको सिफारिस पत्र २०, लिखित प्रवेश परीक्षा ३० र अन्तर्वार्ता ३०) प्राप्ताङ्कको योगफल तथा कार्यक्रम र कोटाका आधारमा न्यूनतम ३५ अङ्क प्राप्त गर्ने परीक्षार्थी योग्यता क्रमानुसार छनोट हुने  परिषद्ले जनाएको छ ।

व्यहोरा अनुरोध छ । साथै यस सम्बन्धी विस्तृत विवरण ूप्रि(डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालीम (अप्रेन्टिसि)  प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन निर्देशिका, २०७९ ९संशोधन सहित०ू मा व्यवस्था भए बमोजिम प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन गराउन परिषदले सूचना जारी गरेको छ ।

Thuprai - Books and E-books