चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि आवेदन माग (सूचनासहित)

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बार्षिक परीक्षाको नतिजा सार्वजनिक नगर्दै आयोगले प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो । 

यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भाग लिन १२ कक्षा पास हुनु पर्थ्यो । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् । 

चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले नियमित विद्यार्थीको  सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । उनले १२ कक्षाको विद्यार्थीको नतिजा आउन ढिलाइ हुँदा नियमित विद्यार्थीले पनि एकीकृत प्रवेश परीक्षाका लागि समय कुर्नुपर्ने व्यवस्था रहेकोमा यो पटकबाट कक्षा १२ को नतिजा नआइसकेको भए पनि परीक्षामा सहभागी हुन पाउने जानकारी दिए । 

आयोगल शैक्षिक सत्र २०८१–०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि जेठ ३० गते असार १८ गते मङ्गलवार अपरान्ह ५ बजेसम्म नियमित दस्तुरमा र असार १८ गते देखि  २५ गते अपरान्ह ५ः०० बजेसम्म दोब्बर दस्तुर तिरी आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस्ः 

Degrees offered in nepal
Counseling
Bachelors Portal