After SEE Portal

नर्सहरूको विशेषज्ञ नाम दर्ता गराउन आवेदन खुला

Bridge Course

नेपाल नर्सिङ परिषदले विशेषज्ञ नाम दर्ता गराउनका लागि आवेदन खुला गरेको छ । परिषद्ले फागुन १ गतेदेखि मिति २०७८ साल चैत्र मसान्तभित्र २०७८ पौष मसान्त सम्ममा नर्सिङका विभिन्न विधामा स्नातकोत्तर गरिसकेका सम्पूर्ण दर्तावाला नसहरूलाई आव्हान गरेको हो ।

नेपाल नर्सिङ परिषद नियमावली, २०६५ को परिच्छेद ३ को ३.३ मा व्यवस्था भए अनुसार परिषद्ले आवेदा आव्हान गरेको जनाएको छ ।

परिषद्ले आज एक सूचना जारी अनलाइन आवेदन माग गरेको हो । सूचना अनुसार आवेदकले राष्ट्रिय वाणिज्य बैंक, महाराजगञ्जको चल्ती खाता हिसाब न। ११५०००२२२१०१ मा रु।तोन हजारको बैंक भौचर सहित आवेदन दिनु पर्ने छ ।

परिषद्ले अनलाइन बाहेक अन्य कुनै पनि माध्यमबाट आवेदन फाराम बुझाउन नपाइने जनाएको छ । यदी आवेदक विदेशमा अध्ययन गरेको भए नसिङ प्रमाणपत्रको समकक्षता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै, समकक्षतामा विशेषज्ञता खुलेको विषय स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्ने परिषद्को सूचनामा उल्लेख गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books