कक्षा १० र १२ को प्रमाणपत्रमा नाम थर सच्याउन आवेदन माग (संशोधित नियमसहित)

राष्ट्रिय परीक्षा बोर्डले  एसएलसी वा एसईई वा कक्षा १२ को शैक्षिक योग्यताका प्रमाणपत्रमा उमेर, नाम वा जात सच्याउनु पर्ने भए सम्बन्धित शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

उमेर नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमहरु, २०८० मा भएको व्यवस्था अनुसार आवश्यक प्रमाण कागजात र प्रक्रिया पूरा गरी आवेदन दिन माग गरेको छ ।

सरकारले उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ संशोधन गरी यस अघि ६ महिनाभित्र नाम थर सच्याउनु पर्ने नियमलाई परिवर्तन गरी पाँच वर्षभित्र नाम थर सच्याउनु पर्ने प्रावधान गरेको छ ।

संशोधित उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमहरु, २०८० गत भदौ १८ गत राजपत्रमा प्रकाशित भएको थियो ।

उमेर नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमहरु, २०८०

Degrees offered in nepal
Counseling
Bachelors Portal