मध्यपश्चिम विश्वविद्यालयद्वारा आवेदन दिन म्याद थप

मध्यपश्चिम विश्वविद्यालयले कर्मचारी छनोटका लागि गरेको विज्ञापनको आवेदन दिन म्याद थप गरेको छ ।  विश्वविद्यालयले आवेदन दिने म्याद वैशाख २४ गते सम्म थप गरेको हो ।

प्रथम पटक सूचना प्रकाशित भएको मितिले पैतींस दिनभित्र अनलाइन दरखास्त दिने गरी गत साउन ६ गते गरेको विज्ञापन तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले  साउन २४ को स्थगन गर्न निर्देशन दिएको थियो ।

विज्ञापन भएको १९औ  दिनमा विज्ञापन सम्बन्धी सम्पूर्ण गतिविधि स्थगन गरिएकोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पुनः चैत्र ३ गतेको निर्देशन र  मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषदको चैत्र ६ को निर्णय नं. १२५४ बमोजिम विज्ञापन स्थगन भएपछि छुट हुन गएको प्रक्रियाको निरन्तरता दिने निर्णय गरेको थियो ।

प्राध्यापक छनोटका लागि आवेदन माग

मले क्युलर ल्याबका लागि एक जना उप–प्राध्यापक र हर्बल प्रोस सिङ युनिटका लागि एक जना उप–प्राध्यापक, ग्य्राजुएट स्कुल अफ हुम्यानिटिज एन्ड सोसल साइन्सका लागि मध्यपश्चिम विश्वविद्यालय वा मान्यता प्राप्त विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी मध्यपश्चिम विश्वविद्यालयको समग्र प्रकाशन तथा अभिलेखीकरणहरूमा अङ्ग्रेजी भाषा सम्पादनका लागि एक जना अङ्ग्रेजी विषयको उप–प्राध्यापक र ग्य्राजुएट स्कुल अफ एजुकेसनका लागि मध्यपश्चिम विश्वविद्यालय वा मान्यता प्राप्त विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी विश्वविद्यालयको समग्र प्रकाशन तथा मा ने पाली भाषा सम्पादनका लागि एक जना ने पाली विषयको उप–प्राध्यापक माग गरेको हो ।

Thuprai - Books and E-books