After SEE Portal

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

Bridge Course

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि लुम्बिनी प्रदेश सरकारले आवेदन माग गरिएको छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले सात दिन भित्र आइपुग्नेगरी आवेदन माग गरेको हो । 

लुम्बिनी प्राविधिक विश्वविद्यालयको विधान २०७९ को परिच्छेद ३ को दफा ७ को उपदफा (१) को खण्ड (ग) र दफा २३ मा भएको व्यवस्था बमोजिम प्राविधिक विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि प्रदेश सरकार समक्ष उम्मेदवारको नाम सिफारिस गर्ने प्रायोजनका लागि आवेदन माग गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरीकले सूचना जारी भएको ७ दिनभित्र लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयमा निवेदन पेश गर्नुपर्ने छ ।

A Levels MA