After SEE Portal

चितवन बाहेक इन्जिनियरिङका अन्य क्याम्पसमा सिट पुरा भएनन्

Bridge Course

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान सम्बद्ध कलेजमा आजदेखि स्नातक तहको पठनपाठन सुरु भएको छ । विविध विवादका कारण निर्धारित समयमा प्रवेश परीक्षा सञ्चालन गर्न नसकेको संस्थानले आफ्ना मातहतका कलेजमा सिट पुरा नभए पनि कक्षा सञ्चालनमा ल्याएको हो ।

संस्थानका अनुसार कुल सिट संख्या ४ हजार ३४४ मध्ये १ हजार ९५ सिट खाली छ । आंगिक क्याम्पसमा औसतमा १० प्रतिशत विद्यार्थी सिट खाली छन् । भने सम्बन्धन प्राप्त केही निजी कलेजमा धेरै सिट खाली छन् ।

त्रिवि अन्तर्गत चितवन इन्जिनियरिङ क्याम्पसमा मात्र पुरै सिट विद्यार्थी भर्ना भएका छन् भने अन्य सबै क्याम्पसमा विद्यार्थी सिट संख्या रिक्त छ ।

जनकपुर इन्जिनियरिङ कलेजमा त्रिविले कक्षा सञ्चालनका लागि १९२ सिट प्रदान गरेको छ । उक्त सिट मध्ये सो कलेजमा ३२ जना मात्र विद्यार्थी भर्ना भएर १६० सिट रिक्त हुन पुगेको संस्थान डिन कार्यालयले जानकारी दियो । डिन कार्यालयका अनुसार सो कलेजमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ सिटै खाली छ भने कम्प्युटर इन्जिनियरिङमा ४८ सिट मध्येमा ३१ सिट, र सिभिल इन्जिनियरिङमा ९६ मध्ये ८१ सिट खाली छ ।

त्यस्तै, २८८ सिट संख्या भएको कान्तिपुर इन्जिनियरिङ कलेजमा जम्मा ९३ जना विद्यार्थी भर्नाभएका छन् । भने सो कलेजमा १९५ सिट खाली छ । ती मध्ये कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ९६ मा सबै सिट रिक्त छ । त्यस्तै सिभिल इन्जिनियरिङतर्फ ९६ मध्ये ७६ सिट, इलेक्ट्रोनिक्स, , कम्प्युटर इन्जिनियरिङमा ९६ मध्ये २३ सिट रिक्त छ ।

त्यस्तै, काठमाडु इन्जिनियरिङ कलेजमा ३८४ सिट संख्या छ । त्यसमध्ये २३७ जना विद्यार्थी भर्ना भएका छन् भने १४७ सिट खाली छ । त्यसमध्ये आर्किटेक्चरमा ४८ मध्ये ९ सिट, इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ सिटमध्ये ३३ सिट, सिभिल इन्जिनियरिङमा ९६ मध्ये ५४ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङतर्फ ९६ मध्ये ५१ सिट खाली छ ।

त्यसैगरी, एडभान्स्ड कलेज अफ इन्जिनियरिङलाई त्रिविले ३३६ सिट प्रदान गरेको छ । सो कलेजमा १९१ विद्यार्थी भर्ना भएका छन् भने १४५ सिट रिक्त छ । ती मध्ये इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ मध्ये ४७ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ९६ मध्ये ६० सिटर सिभिल इन्जिनियरिङमा ९६ मध्ये ३८ सिट खाली छ ।

त्यसैगरी २४० सिट भएको हिमालय कलेज अफ इन्जिनियरिङमा १२६ जना मात्र विद्यार्थी भर्ना भएका छन् छन् । सो कलेजमा ११४ सिट खाली छ । उक्त कलेजमा सिभिल इन्जिनियरिङमा ९६ मध्ये ५४ सिट, इलेक्ट्रोनिक्समा ४८ सिट मध्ये कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ मध्ये ३७ सिट, आर्किटेक्चरमा ४८ मध्ये २३ सिट खाली रहेको छ ।

त्यस्तै, काथफोर्ड इन्जिनियरिङ कलेजमा जम्मा सिट संख्या १९२ सिट छ । उक्त सिट मध्ये १०४ जना विद्यार्थी भर्ना भएका छन् भने ८८ सिट खाली छ । सो कलेजमासिभिल इन्जिनियरिङमा ९६ मध्ये ५६ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ मध्ये ३२ सिट, सिट खाली छ । सो कलेजले ४८ सिटको कम्प्युटर इन्जिनियरिङको कक्षा पनि सञ्चालन गर्ने गरेको छ ।

त्यस्तै, ५२८ सिट भएको पूर्वाञ्चल क्याम्पसमा ४६१ जना विद्यार्थी भर्ना भएका छन् । भने सो कलेजमा ६७ सिट रिक्त छ । क्याम्पसको एग्रिकल्चर इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ३६ मध्ये ३१ सिट, मेकानिकल इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ७२ मध्ये ३४, सिभिल इन्जिनियर पूर्ण शुल्कतर्फ १ सिट र इलेक्ट्रिकल इन्जिनियरिङ नियमिततर्फ १ सिट, खाली छ ।

भने, पश्चिमाञ्चल क्याम्पसका लागि त्रिविले ४३२ सिट प्रदान दिएको छ । सो कलेजमा ३७४ जना भर्ना भएका छन् ।भने सो कलेजमा ५८ सिट खाली छ । सिभिल इन्जिनियरिङको ३६ मध्ये नियमिततर्फ २ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङको १२ सिटमध्ये नियमित ९छात्रवृत्ति० तर्फ १ सिट, अटोमोबाइल इन्जिनियरिङको १२ सिटमध्ये नियमित ९छात्रवृत्ति० तर्फ १ सिट, खाली छ ।

त्यसैगरी ललितपुर इन्जिनियरिङ कलेजमा ९६ सिट छ । सो कलेजको सिभिल इन्जिनियरिङमा ४८ मध्ये २० सिट, कम्प्युटर इन्जिनियरिङको ४८ मध्ये ९ सिट खाली छ । नेसनल कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ मध्ये २५ सिट खाली छ । त्यस्तै सगरमाथा इन्जिनियरिङ कलेजमा १४४ सिट छ । उक्त सिट मध्ये ११६ जना भर्ना भएका छन् भने २८ सिट रिक्त छ । इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङमा ४८ मध्ये २८ सिट खाली छ भने अन्य कार्यक्रममा सिट पुरा भएका छन् ।

४३२ सिट भएको थापाथली क्याम्पसमा २१ सिट रिक्त छ । सो क्याम्पसमा इन्जिनियरिङमा १४ ओटा कार्यक्रम सञ्चालनमा छन् । ती कार्यक्रममा ४३२ सिटमध्ये २१ वटा सिट खाली छ । इन्डस्ट्रियल इन्जिनियरिङ ३६ सिट मध्ये पूर्ण शुल्कीयतर्फ ५ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङको १२ सिटमध्ये रेगुलर (छात्रवृत्ति तर्फ) कार्यक्रममा १ सिट, मेकानिकल इन्जिनियरिङ कार्यक्रमको ३६ सिट मध्ये पूर्ण शुल्क तर्फ १ सिट खाली छ ।

ख्वप कलेज अफ इन्जिनियरिङमा १९२ सिट छ । ती मध्ये १७६ जना भर्ना भएका छन् । भने १६ सिट रिक्त छ । सो कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङमा ४८ मध्ये १५ सिट, र सिभिल इन्जिनियरिङमा ९६ मध्ये १ सिट खाली छ ।

त्यसैगरी पुल्चोक क्याम्पसमा इन्जिनियरिङका १६ वटा कार्यक्रममा ६२४ सिट संख्या छ, जसमध्ये २ वटा सिट खाली छ । सिभिल इन्जिनियर रेगुलर (छात्रवृत्तितर्फ) १ र केमिकल इन्जिनियर पूर्ण शुल्कतर्फ १ सिट खाली रहेको डिन कार्यालयले जानकारी दियो ।

A Levels MA