सिटीजन कलेजको बार्षिक उत्सव कार्यक्रम सम्पन्न

सिटीजन कलेज सातदोबाटो ललितपुरको दशौँ बार्षिक उत्सोव एक भव्य कार्यक्रमका विच सम्पन्न भएको छ । विगत दश वर्षदेखी स्नातक तहको वि.वि.ए कार्यक्रम तथा विगत एक वर्ष देखी स्नातक तहकै वि.सि.ए तथा वि.वि.ए. ट्राभल एण्ड टुरीजम कार्यक्रम संचालनमा ल्याएको कलेजले आफ्नो वार्षीकोत्सब कार्यक्रम सम्पन्न गरेको हो । 

कलेजकी विद्यार्थी चाँदनी राज भण्डारीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा कलेजका क्याम्पस प्रमुख हरिकृष्ण अर्यालले कलेजको स्थापनाको उद्देश्य तथा कलेजका भावि योजना तथा कार्यक्रम बारेमा प्रकाश पार्नु  भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि ललितपुर जिल्ला प्रहरी प्रमुख गणेश बहादुर ऐर ले कलेज तथा सम्पूर्ण विद्यार्थीको उत्तरोत्तर कामना गर्दै सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। 

विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारले आफ्ना रोचक प्रस्तुतीहरु प्रस्तुत गरेको उक्त कार्यक्रममा सदाको बर्ष जस्तै मिस्टर सिटीजन तथा मिस सिटीजन प्रतियोगीता पनि आयोजना गरीएको थियो । सो अवसरमा आफ्ना १३ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जु थापा र कोसीस  आचार्यले क्रमशः मिस सिटीजन तथा मिस्टर सिटीजन को उपाधी जित्नुभएको हो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal