Bachelors Portal

दबाबमा वार्षिक परीक्षा, मारमा विद्यालय तथा विद्यार्थी (साप्ताहिक शैक्षिक गतिविधि फागुन २५ - चैत्र १)

दबाबकाबिच विद्यालयहरूले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश विद्यालयले शनिबार तथा अन्य दिन दैनिक दुई तीन विषयको परीक्षा सञ्चालन गरिरहेका छन् । त्यसैगरी नेपाल शिक्षक महासंघले सामाजिक सञ्जालमा गरेको पोशाक छनोटको मत सर्वेक्षणलाई कदर गर्दै महासंघको केन्द्रीय समितिले दुईचार दिनभित्र शिक्षकको पोशाक चयन गर्दै छ ।

कोरोना भाइरसको विश्वव्यापी प्रकोपले शिक्षा क्षेत्रमा प्रतिकूल प्रभाव पर्न गएको छ । एकातिर संसददेखि सडकसम्म केही समयका लागि परीक्षा स्थगित गरी विद्यालय तथा विश्वविद्यालय बन्द गर्नु पर्ने आवाज उठिरहेको छ भने अर्कोतिर विद्यालयले दबाबमा परेर वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् ।

हरेक विद्यालयले दैनिक दुई तीन विषयको वार्षिक परीक्षा लिइरहेका छन् । अधिकांश विद्यालयले शनिबार पनि परीक्षा सञ्चालन गरेका छन् ।

साना कक्षादेखि माथिल्ला कक्षा सबैको परीक्षा दबाबमा परेर विद्यालयले सञ्चालन गरिरहेका छन् । विद्यालयलाई परीक्षा व्यवस्थापन तथा सञ्चालन गर्नमा नै समस्या देखिएको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण आसन्न एसईई परीक्षा सञ्चालन गर्ने कि स्थगित गर्ने भन्ने बहस यो हप्ता पनि जस्ताको त्यस्तै छ । एसईई स्थगित गर्ने हो भने पुनः सञ्चालन तथा व्यवस्थापन गर्दा एउटा शैक्षिक सत्र त्यसै खेर गई राज्यलाई आर्थिक क्षति हुने शिक्षाविद्हरू बताउँछन् ।

एसईई परीक्षाका लागि १ हजार ९९५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । हरेक एसईई केन्द्रमा सरकारले हेल्थ डेस्क राख्ने भएको छ । उक्त डेस्कले विद्यार्थी, शिक्षक, कमर्चारी तथा सम्बद्ध सबैको स्वास्थ्य परीक्षण, कोरोनाबाट बच्न सावधानीका उपाय तथा परीक्षाका क्रममा कोही कसैको स्वास्थ्य अवस्थामा समस्य देखिएका तत्काल उपचारका लागि स्वास्थ्य संस्था लैजाने व्यवस्था समेत गर्ने भएको छ ।

एसईई यही ६ गतेबाट सञ्चालन हुँदै आएको छ । एसईई परीक्षाका लागि १ हजार ९९५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । हरेक एसईई केन्द्रमा सरकारले हेल्थ डेस्क राख्ने भएको छ । उक्त डेस्कले विद्यार्थी, शिक्षक, कमर्चारी तथा सम्बद्ध सबैको स्वास्थ्य परीक्षण, कोरोनाबाट बच्न सावधानीका उपाय तथा परीक्षाका क्रममा कोही कसैको स्वास्थ्य अवस्थामा समस्य देखिएका तत्काल उपचारका लागि स्वास्थ्य संस्था लैजाने व्यवस्था समेत गर्ने भएको छ ।

यसैबिच चितवनको भरतपुर महानगरपालिकाले यो हप्ता कक्षा ८ को वार्षिक परीक्षाको अनुगमन गर्दा मर्यादा विपरीत कार्य भएको फेला पारेको छ । मर्यादाविपरीत कार्य गर्ने शिक्षकलाई तत्काल हटाइएको छ । आजबाट परीक्षा सुरु भएको हो र पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गरिएको थियो ।

यो हप्ता शिक्षकका पोशाकका लागि नेपाल शिक्षक महासंघले गरेको सामाजिक मत सर्वेक्षणमा नतिजाअनुसार सूटतर्फ मरुन प्रथम, फिका निलो द्वितीय, कालो तृतीय, गाढा खैरो चौथो स्थानमा पर्ने गरी मत परेको छ ।

त्यस्तैगरी सर्टतर्फ फिक्का निलो प्रथम, मरुन द्वितीय, रोयल ब्लु तृतीय, गुलाबी चौथो स्थानमा परेको छ । त्यस्तै साडीतर्फ निलो प्रथम, गुलाबी द्वितीय, मरुन तृतीय, कफी कलर चौथो स्थानमा परेको महासंघले जानकारी दियो ।

महासंघलले शिक्षकको मौजुदा पोशाक उपयुक्त नभएको र परिवर्तन गर्न आवश्यक छ भन्ने राय आम शिक्षकबाट आएको हुँदा महासंघको प्रथम राष्ट्रिय परिषदको निर्णय वमोजिम् शिक्षक र कर्मचारीको पोशाक आम शिक्षक–कर्मचारी हरुकै अभिमतबाट छनोट गर्ने पवित्र उद्देश्यले समाजिक सञ्जाल मार्फत अभिमत सङ्कलन गरिएको जानकारी दियो ।

धर्सा भएको पोशाकले पोशाकमा एकरुपता आएन भन्ने गुनाशो समेतलाई दृष्टिगत गरी सवै विकल्पहरु एक रङ र धर्सा विहिन राखिएको जानकारी दियो ।

आफ्नो पोशाक आफैंले छान्ने मत सर्भेक्षण विधि लोकतान्त्रिक र लोकसम्मत विधि हो । त्यसैले धेरै साथीहरुको छनोटलाई सम्मान गरी पोशाक छनोट गर्न यो प्रक्रिया अपनाइएको महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले बताए । सुवेदीका अनुसार मतदानको परिणाम समेत हेरी पोशाक बारे राष्ट्रिय समितिले अन्तिम निर्णय लिने भएको छ ।

नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विभिन्न जिल्लाका ३० विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी चैत्र ७ गते भित्र हालसम्मको विवरण पेश गर्न पत्राचार गरेको छ ।

विगतमा नै छनोटमा परेका विद्यालयलाई नयूनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको विवरण, निर्देशिकाबमोजिम प्रधानाध्यापकको नियुक्तिको विवरण समयमा नै उपलब्ध नगराउने विद्यालयलाई केन्द्रले पत्राचार गरेको हो ।

 

 

Thuprai - Books and E-books