After SEE Portal

बढी शुल्क असुलीविरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता

Bridge Course

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले केही दिन पहिलेदेखि जारी निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध विद्याथीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले चितवन मेडिकल कलेजगण्डकी मेडिकल कलेजमा आन्दोलन गरिरहेको छ । 

अनेरास्ववियुका अध्यक्ष ऐन महरद्वारा आज जारी प्रेस विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा कुनै पनि किसिमको धरपकड नगर्न र शुल्कको कडाइका साथ कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरिएको छ । चिकित्सा शिक्षामा देखिएको विकृति हल गर्न सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग बनाएकाले सिट सङ्ख्या वैज्ञानिक तथा व्यवस्थित ढङ्गले लागु गर्न्ुपर्ने र चिकित्सा ऐनमा भएको ७५ प्रतिशत छात्रवृत्तिलाई कार्यन्वयन गर्नुपर्ने उल्लेख छ । 

विज्ञप्तिमा विदेशी विद्यार्थीका हकमा पनि प्रवेश परीक्षा अनिवार्य गर्नाका साथै सबै कलेजमा एउटै प्रवेशिका परीक्षा लागु गरी पारदर्शिता कायम गर्न पनि सरकारसमक्ष माग गरिएको छ । सङ्गठनले गरीब जनताका छोराछोरीले समेत शिक्षा पाउन तथा मेडिकल, इञ्जिनीयरिङ, कृषिलगायत विषयमा निजी क्षेत्रको लगानी पूर्णतः बन्द गर्न आग्रह गरेको छ ।

विज्ञप्ति 

शिक्षामा भएका तमाम विकृति, विसंगतिका विरुद्ध लड्ने आन्दोलनको अर्को नाम नै अनेरास्ववियू रहेको विषय सर्वविदितै छ। जनतासँग जोडिएका जनजिविकाका सवालमा होस् या विद्यार्थीहरुको हक र हितको लागि आवाज उठाउने सवालमा होस्, अनेरास्ववियू सदैव अग्रपंक्तीमा रहँदै आएको विषय जगजाहेर नै छ । यसै सन्दर्भमा विगत केही दिनदेखि निर्धारित मापदण्ड भन्दा बढी शुल्क असुलीका विरुद्ध चिकित्सा शिक्षा संघर्ष समितीको नाममा स्वतन्त्र विद्यार्थी युनियन महाराजगञ्ज मेडिकल कलेजको नेतृत्वमा चितवन मेडिकल कलेज (CMC) गण्डकी मेडिकल कलेज (GMC) लगायतका विद्यार्थीहरुले चलाएको आन्दोलन प्रति हाम्रो संगठनको ऐक्यवद्धता रहेको कुरा स्पष्ट गर्न चाहन्छौं।

मेडिकल शिक्षाको शुल्क, छात्रवृत्ति, मापदण्ड सहितका विषयमा हाम्रो संगठनले त्रि. वि., के.यु., मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालय समेतमा विभिन्न समयमा ज्ञापन पत्र , ध्यानाकर्षण सहित संघर्षका कार्यक्रमहरु गरेको थियो । मेडिकल शिक्षामा लिदै आएको मनपरी शुल्कलाई नियन्त्रण गरी शुल्क सिमा निर्धारण गर्ने, मापदण्ड र पुर्वाधारका आधारमा विद्यार्थी सिट संख्या तोक्ने लगायतका कामहरु हाम्रो आन्दोलनका उपलब्धी हुन। हाम्रो आन्दोलन र दबाबका कारण सरकारले मेडिकल कलेजलाई तोकेको शुल्क कार्यान्वयन गर्नुको सट्टा मेडिकल कलेजहरुले अटेरी गरी अतिरिक्त शुल्क लिने काम रोकिएको छैन । 

त्यसैको पृष्ठभूमीमा हाम्रो समेत संलग्नतामा गत वर्ष साल गण्डकी मेडिकल कलेजमा ५४ दिन लामो आन्दोलन सञ्चालन भएको कुरा स्पष्ट नै छ। आन्दोलन पछी हाम्रो संगठनकै पहलमा सरकार, कलेज र आन्दोलनरत विद्यार्थी समेतको वार्ता भएको थियो। विद्यार्थीहरुका मागका पक्षमा कलेज सञ्चालक सहमत नभए पछी हाम्रो निरन्तर खबरदारी पश्चात मिती २०७५ साल चैत्र ८ गते नेपाल सरकारले अवैधानिक ढंगले निजी मेडिकल कलेजहरुले लिइराखेको शुल्क एक महिना भित्र फिर्ता गर्ने र निजी कलेज समेतको संलग्नतामा शुल्क फिर्ताको अनुगमन गर्ने विश्वविद्यालय, काउन्सिल र कलेजहरुलाई निर्देशन गरेको थियो। आजको CMC, GMC लगायतमा भएको विद्यार्थी आन्दोलन सरकारको त्यही निर्देशनको कार्यान्वयनका लागि भएको हुँदा हामी सरकारलाई आफ्नो त्यो निर्देशन सशक्त रुपमा कार्यन्वयन गर्न आग्रह गर्न चाहन्छौं। विद्यार्थीहरुको शान्तिपर्ण आन्दोलनमा कुनै दमन धरपकड नगर्न समेत आग्रह गर्न चाहन्छौ।

 मेडिकल शिक्षामा देखिएको विकृतिको हल खोज्ने गरी सरकारले उच्च स्तरीय राष्ट्रिय चिकित्सा शिक्षा आयोग बनाएको परिप्रेक्षमा शुल्कको कडाईका साथ कार्यान्वयन, सिट संख्याको वैज्ञानिक एवं व्यवस्थित ढंगले निर्धारण, चिकित्सा ऐनमै व्यवस्था भएको ७५ % छात्रवृत्तिको कार्यन्वयन, विदेशी विद्यार्थीहरुको हकमा पनि प्रवेश परीक्षा अनिवार्य र सबै कलेजहरुको एउटै प्रवेशिका परीक्षा लागू गरी पारदर्शिताका लागि अनलाइन काउन्सिलिङ र वस्तुगत प्रश्नको Answer Key सार्वजनिक गर्ने जस्ता पछिल्ला समय हामीले उठाएका मुद्दाहरुको अविलम्ब सम्वोधन गर्न पनि हामी सरकारसँग जोडदार माग गर्दछौं। 

प्राविधिक बिषयमा गरीव जनताका छोराछोरीले समेत शिक्षा पाउन मेडिकल, इन्जिनियरिङ्, कृषि जस्ता विषयमा निजी क्षेत्रको लगानी पूर्णत बन्द गर्न पनि हामी आग्रह गर्न चाहन्छौं र अतिरिक्त शुल्क फिर्ता नगरेको खण्डमा CMC र GMC लगायत अन्य सम्बन्धन प्राप्त प्राइभेट कलेजहरुको यो वर्षका लागि लिइने भर्ना खारेज गर्न सरकार र आयोग समक्ष जोडदार माग गर्दछौं। साथै, आन्दोलनरत विद्यार्थीहरुका समस्या समाधानका निम्ति हाम्रो संगठन विद्यार्थीहरुसँग सँगै रहने कुरा पनि हामी आश्वस्त गर्न चाहन्छौं।

हार्दिक अभिवादन सहित !

ऐन महर

संयोजक

A Levels MA