लमजुङमा रहेको पक्लिहवा क्याम्पसको पशु चिकित्सा तथा पशुपालन स्नातक तह कार्यक्रम र उपाधिलाई नेपाल चिकित्सा परिषद्ले मान्यता नदिने भएको छ । न्यूनतम मापदण्ड नै पूरा नभएको अवस्थामा सञ्चालन गर्न खोजिएको भन्दै स्नातक तह प्रथम वर्षको शैक्षिक कार्यक्रम र उपाधिलाई नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को दफा ९ को खण्ड (च) र नेपाल पशु चिकित्सा परिषद् नियमावली, २०५७ को नियम १० वमोजिम मान्यता दिन नसक्ने परिषद् बताउँछ । यसै सन्र्दभमा नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. रामकृष्ण खतिवडासँग गरिएको कुराकानिको सारसंक्षेपः
पशु चिकित्सा तथा पशुपालन स्नातक कार्यक्रमलाई खास मान्यता नदिएको किन ?
पक्लिहवा क्याम्पसले कुनैपनि पक्षमा आफ्नो न्यूनतम मापदण्ड पुरा नगरेको हुनाले नै हामिले पहिले नै सचेत बनाएका हौँ । प्रशासनिक पक्ष देखि भौतिक पुर्वधार,शिक्षकको क्वालिफिकेसन,ल्याव तथा प्रयोशाला कुनैको पनि मापदण्ड पुरा भएको अवस्था छैन । यसरी भर्ना गर्दा मापदण्ड नपुगेको पक्ष हरुमा सचेत रहन अनिवार्य देखिन्छ । सुधार गरेर अघि वढ्नुपर्छ भन्ने हाम्रो सुझाव हो ।
क्याम्पस संचालन गर्न के गर्नुपर्ला ?
पहिलो कुरा त सम्पुर्ण व्यावस्थापन पक्षहरु लाई मापदण्ड पुग्ने गरि पुरा गर्नु प¥यो, जस्तो कि भर्ना,फर्महरु समावेश,शिक्षण गर्ने शिक्षक को योग्यता, प्रयोगशाला को व्यावस्थापन जस्ता पक्षहरुलाई सुधार्नु पर्ने अनिवार्य देखिन्छ । यदि मापदण्ड हरु पुरा नगरेमा उक्त क्याम्पस संञ्चालन गर्न सकिदैन ।