A Levels MA

सबै शिक्षकको विमा गरिनेः शिक्षामन्त्री पोखरेल

यही भदौभित्र स्कुले तहको संश्लेषित पाठ्यक्रम विद्यालयलाई उपलब्ध गराइने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “विद्यालय पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्य भइरहेको छ । विषयगत समितिले काम गरिरहेको छ । भदौभित्र विद्यालयलाई उपलब्ध गराउने छौँ ।” विषय समितिले न्यूनतम ७० प्रतिशतसम्म पाठ्यक्रम समायाेजन गर्ने गरी काम गरिरहेकाे छ ।

उनले सामुदायिक विद्यालयका सबै शिक्षकको कोरोना विमा गर्ने प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए ।

अर्को प्रसङ्गमा मन्त्री पोखरेलले निजी विद्यालयहरुले शुल्क लिन पाउने स्पष्ट गरे । “निजी विद्यालयले शुल्क लिन पाउँछन् तर स्थानीय तहले निर्णय गर्नुपर्दछ” उनले भने, “निजीमा कार्यरत शिक्षक र लगानीलाई ध्यान दिनुपर्ने हुन्छ । अरु बेला आउने आलोचनालाई उहाँहरुले ठाउँ दिनुहुन्न भन्ने विश्वास छ ।”

उनले वैकल्पिक शिक्षा पद्धतिलाई मान्यता दिइने प्रष्ट गर्दै यस पद्धतिलाई पूरक शिक्षा पद्धतिका रुपमा विकास गरेर अगाडि बढाइने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज पत्रकार सम्मेलनमा गरेको सम्बोधन :

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव हाम्रो देशमा दिनदिनै बढीरहेको सङ्कटपूर्ण अवस्थामा सामान्य जीवनका नियमित फ्रव्रियाहरु अवरुद्ध भएका छन् । सबै क्षेत्रलाई प्रभावित पारेको यस महामारीले शिक्षा क्षेत्रलाई झनै प्रभावित बनाएको छ । तसर्थ बालबालिकाको शिक्षा पाउने अधिकारको संरक्षण गर्नु आजको प्रमुख चुनौति बनेको छ । करिब ९० लाख विद्यार्थीहरु नियमित पठनपाठनबाट वञ्चित भएका छन् । पठनपाठन सुचारु हुन नसक्दा उनीहरुमा अन्योलता छाएको छ भने आफ्ना बालबच्चाको शिक्षाप्रति अभिभावकहरुको चिन्ता बढ्दै गएको छ । 

शिक्षा क्षेत्रमा कोभिड–१९को महामारीले सिर्जना गरेको यो अभूतपूर्व संकटको सामना गर्न पुरानै सोच, शैली र पद्धतिबाट सम्भव छैन भन्ने हामीले बुझेका छौं । विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट पठनपाठनको सुरुवात गरिसकिएको छ । सुरु गरिएको वैकल्पिक पद्धतिलाई सुदृढ पारेर सबै विद्यार्थीहरुलाई यो पद्धतिमा सहभागी गराउन थप प्रयत्नको आवश्यकता छ । 

वैकल्पिक शिक्षा पद्धति सम्बन्धमा केही भ्रम रहेको पनि देखिएको छ । यदाकदा अनलाइन वा भर्चुअल कक्षालाई नै वैकल्पिक शिक्षा पद्धतिको रुपमा बुझ्ने गरेको पनि देखिन्छ । हाम्रो जस्तो इन्टरनेटको सुविधा सीमित भएको मुलुकमा यो एउटा उपायमात्र हो जुन सीमित विद्यार्थीको लागिमात्र पहुँचमा हुन्छ । तसर्थ अहिले हामीले अवलम्बन गरेको घर नै शिक्षालय वा घरमै सिकाइ m९ज्यभ क्अजययष्लिन०, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअलकक्षा गरी चार वटै तरिकाहरुको समष्टि नै वैकल्पिक शिक्षा हो भन्ने बुझ्न जरुरी छ । अझ भन्ने हो भने होम स्कुलिङ र रेडियो पाठशाला जस्ता तरिकाहरु नै ग्रामीण तथा विकट क्षेत्रहरुमा उपयोगी हुन आउँछ । यिनीहरुले मुलुकझरका विद्यार्थीको ठूलो हिस्सालाई समेट्छ । चारवटै तरिकामा आधारित कार्यव्रमहरुको समानान्तररूपमा सञ्चालन गरेर सबैका लागि वैकल्पिक शिक्षा प्रदान गरी सिकाइको निरन्तरता गर्नु आजको मुख्य कार्यभार हो । 

यसका लागि “सबैका लागि वैकल्पिक शिक्षा” भन्ने नाराका साथ सिकाइ निरन्तरताको अभियान नै चलाउनु पर्ने छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको हैसियतले यस अभियानमा सरिक भई योगदान दिन सबैमा अनुरोध गर्दछु ।

विद्यार्थी विद्यालय जाने अवस्था नरहेको वर्तमान परिवेशमा शिक्षक विद्यार्थीसम्म पुग्नुको विकल्प छैन । घर नै शिक्षालय भन्ने मान्यतालाई सबैले आत्मसात गर्नुपर्छ । विद्यार्थी भाइबहिनीहरुले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिने मध्ये कुन कुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ । यसलाई शिक्षक साथीहरुले टेलिफोनबाट नियमित अनुगमन र सिकाइ सहजीकरण गर्नुहुनेछ । टेलिफोन पनि सम्भव नभएका ठाउँमा भौतिक दुरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवम् परियोजनाकार्य दिने, अध्ययनका लागि परामर्श गर्ने जस्ता कामहरु गर्नु शिक्षकको कर्तव्य भएको छ । यो संकटको घडीमा सबै शिक्षकहरुले यस अभियानको केन्द्र भागमा रहेर रचनात्मक तथा सिर्जनात्मकढङ्गले विद्यार्थीको सिकाइका लागि अमूल्य योगदान गर्नुपर्छ । कुशल राष्ट्र सेवकको हैसियतले आफ्नो जिम्मेवारी थप कुशलतापूर्वक निर्वाह गर्न र चुनौतिलाई अवसरमा बदल्दै अघि बढ्न सम्पूर्ण शिक्षक साथीहरुलाई आग्रह गर्दछु । 

होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा आदि वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई फनि मान्यता दिन त्यसको व्रेडिट गणना गर्ने निर्णय मन्त्रालयले गरिसकेकोले यो पद्धतिलाई अब कोभिड–१९ को सङ्क्रमणका अवधिभर मूल प्रणालीको रुपमा विकास गर्न हामी सबै लागेका छौं । महामारीको अन्त्यपछि पनि वैकल्पिक पद्धतिलाई विद्यालय तथा विश्वविद्यालय शिक्षाको पूरक पद्धतिको रुपमा विकास गर्दै लैजानुपर्छ । विद्यालय तथा शिक्षालय अवरुद्ध भए पनि विद्यार्थीको सिकाइ अवरुद्ध कहिल्यै हुँदैन भन्ने सैद्धान्तिक मान्यतालाई अंगीकार गर्दै अघि बढ्दै जाने तथा नियमित र वैकल्पिक पद्धतिलाई एक अर्काका परिपूरक बनाउँदै सिकाइ सुनिश्चित गर्नु नै अहिलेको सही निकास हो ।

महामारीका कारण घरमै बस्न बाध्य आफ्ना बालबालिकालाई नियमित पठनपाठनमा सरिक गराउन अभिभावकले भूमिका खेल्नुपर्छ । विहान सबेरै उठ्ने, नित्यकर्म एवम् सरसफाइ गर्ने, योग तथा व्यायाम गर्ने, पौष्टिक खानेकुरा खाने, मनोरञ्जन गर्ने जस्ता गतिविधिमा संलग्न गराई स्वस्थ रहन सहयोग गर्नु अभिभावकको जिम्मेवारी हो । आफ्ना बालबालिकाले पुस्तक तथा अन्य उपलब्ध पाठ्यसामग्री पढ्ने, रेडियो फाठशाला कार्यव्रम सुन्ने, टेलिभिजन शिक्षण हेर्ने, गृहकार्य गर्ने, परियोजना कार्य गर्ने, झर्चुअल कक्षा लिने जस्ता व्रियाकलाफमा कति सव्रिय छन् र के कति सिकेका छन् भन्ने कुरामा अभिभावकहरुले विशेष चासो दिनुपर्छ । अनलाइन कक्षा लिएको नाममा सामाजिक सञ्जालको अधिक प्रयोग गर्ने, अमर्यादित साइटहरु हेर्ने, साइबर अफराधजन्य गतिविधिमा अग्रसर हुने, अनलाइन गेममा अधिक व्रेजी हुने जस्ता गतिविधिहरुबाट जोगाउन उत्तिकै आवश्यक छ । आफ्ना बालबालिकालाई सिकाइका लागि उफयुक्त वातावरण निर्माण गर्न, आवश्यक साधन स्रोत जुटाइदिन, सिकाइको अनुमगमन गर्न, गलत व्रियाकलापमा लाग्नबाट रोक्न र मनोवैज्ञानिक विचलन आउन नदिन सम्पूर्ण अभिभावकहरुमा हार्दिक अनुरोध गर्दछु ।

हाल सञ्चालित वैकल्पिक सिकाइका विभिन्न माध्यमभित्र समेटिन नसकेका विपन्न, अपाङ्गता भएका, दुर्गम क्षेत्रमा बसोवास गर्ने बालबालिकाको सिकाइ सुनिश्चित गर्न तीनै तहका सरकारले समन्वयात्मक रुपमा कार्य गर्ने गरी एक कार्ययोजनाको मातहत कार्यक्रम सञ्चालन गरिनेछ ।

विद्यालयको शैक्षिक सत्र, २०७७ को करिब साढे चार महिना बितिसकेको अवस्थामा अहिलेको फाठ्यव्रमलाई यथावतरूपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको फाठ्यव्रमको संस्लेषण (कस्टमाइजेसन) गर्ने निर्णय भइसकेको छ । हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी  फाठ्यव्रमको संस्लेषित कार्यढाँचा जारी गरिने छ । यसका लागि विषयगत टोलीहरुले कार्य प्रारम्भ गरिसकेका छन् । यही भाद्र महिनाभित्र हामी संस्लेशित फाठ्यव्रम (कस्टामाइज्ड फाठ्यव्रम) विद्यालयहरुलाई उपलब्ध गराउने छौं ।

मैले विश्वविद्यालयका उपकुलपतिहरुलाई कम्तिमा पनि छ महिनाको कोभिड केन्द्रीत क्यालेण्डर सार्वजनिक गर्न निर्देशन दिईसकेको यहाँहरुलाई जानकारी नै छ । धेरै विश्वविद्यालयहरुले सोहीअनुसारको कार्यतालिका मन्त्रालयमा पठाइसकेका पनि छन् । त्यसलाई विद्यार्थीका लागि सार्वजनिक गरिदिन सम्पूर्ण विश्वविद्यालयलाई पुन अनुरोध गर्दछु । साथै उच्च शिक्षाको हकमा पनि फाठ्यव्रम कस्टेमाइजेसन गर्न विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरुले छलफल गरी उचित निर्णय लिन पनि आग्रह गर्दछु ।

सबैका लागि वैकल्पिक शिक्षा भन्ने अभियानलाई सफल पार्नका लागि विद्यार्थीले नियमित पठनपाठनमा लाग्नुपर्छ । शिक्षकले विद्यार्थीहरु को, कहाँ, कुन अवस्थामा छन् भन्ने कुराको ट्रेसिङ गरी वैकल्पिक पद्धतिमा सामेल गराउनुपर्छ । त्यसै गरी सिकाइको ट्र्याकिङ गर्नुपर्छ । स्थानीय तहले विद्यालय तथा शिक्षक परिचालन गरी सिकाइ केन्द्रहरुको समेत व्यवस्था गरी वैकल्फिक सिकाइका कार्यव्रमहरु सञ्चालन गर्नुपर्छ । सोको अनुगमन तथा निरीक्षण गरी प्रभावकारिता मूल्याङ्कन गर्दै सुधारका उपायहरु अवलम्बन गर्नुपर्छ । निजी विद्यालयले सञ्चालन गरेको वैकल्फिक सिकाइका कार्यव्रम तथा त्यस्ता विद्यालयका शिक्षक तलब लगायतका समस्या हल हुने गरी शुल्कको सीमानिर्धाण गरी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन सबै स्थानीयतहलाई आग्रह गर्दछु ।

शिक्षकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सबै शिक्षकहरुको कोरोना बिमा गर्ने फ्रव्रिया अघि बढिसकेको छ । कार्यरत विद्यालय रहेको जिल्लाभन्दा बाहिरी जिल्लामा रहेका शिक्षकहरुलाई विद्यालयसम्म पुग्नका लागि जिल्ला प्रशासन कार्यालयहरुले सहजीकरण गर्नेछन् भने विद्यालय रहेको स्थानीय तहले त्यस्ता शिक्षकलाई १४ दिनसम्म होम क्वारेन्टिनमा राखी पिसिआर परीक्षणको व्यवस्था पनि गर्नुपर्छ । 

अन्तमा, यस विषम परिस्थितिमा विद्यार्थीहरुको पढ्न पाउने अधिकारको रक्षा गर्न र शैक्षिक सत्र खेर जान नदिन हामी सबै मिलेर काम गर्नु परेको छ । शिक्षाकर्मी, शिक्षाप्रेमी र सबै सरोकारवालाहरुको साथ सहयोग र सहभागिताबाट नै हामी सफलतामा पुग्न सक्छौं । तसर्थ, सबैले आआफ्नो ठाउँबाट योगदान गरौं । अहिलेको विषम परिस्थितिमा अवरुद्ध शिक्षा क्षेत्रलाई आइसब्रेक गरी वैकल्पिक पद्धतिलाई सिकाइको मूल पद्धतिको रुपमा स्थापित गरौं । विद्यालय र विश्वविद्यालय नखुले पनि शिक्षा सुचारु हुन्छ, सिकाइ निरन्तर चलिरहन्छ भन्ने मान्यतालाई साकार फारौं । सबै सचेत रहौं, सुरक्षित रहौं, सव्रिय बनौं । सबै खालका चुनौतिलाई अवसरमा बदलौं । 

धन्यवाद ।

 

Thuprai - Books and E-books