सप्तरीको छिन्नमस्ता गाउँपालिकाका शतप्रतिशत बालबालिका विद्यालय भर्ना

सप्तरीको छिन्नमस्ता गाउँपालिकालाई एक समाहारोका बीच शुक्रबार शतप्रतिश बालबालिका विद्यालय भर्ना भएका छन् । छिन्नमस्ता गाउँपालिकाअन्तर्गत रहेको १९ वटा विद्यालयमार्फत विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गरेपछि हिजो यहाँ आयोजित कार्यक्रममा शतप्रतिशत बालबालिका विद्यालय भर्ना घोषणा गरिएको थियो ।

गाउँपालिकाका वडा नं १ देखि ७ सम्मका पाँचदेखि १२ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएका र विद्यालय बाहिर रहेका करीब २०३० बालबालिका विद्यालयमा भर्ना भएको सेभ द सप्तरीले जनाएको छ ।

सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहयोग तथा छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको शतप्रतिशत बालबालिका विद्यालय भर्ना घोषणा कार्यक्रमका जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवले विद्यालय भर्ना अभियानलाई निरन्तरता दिँदै विद्यालय बाहिर रहेका हरेक बालबालिकालाई विद्यालयमा भर्ना गर्नुपर्ने जोड दिनुभयो । गाउँघरमा घरदैलो अभियानमार्फत पनि गरीब, अतिविपन्न र विद्यालय बाहिर रहेका जिल्लाको अधिकांश ठाउँमा पनि छिन्नमस्ता गाउँपालिकाजस्तै शतप्रतिशत विद्यालय भर्ना गराउनुपर्नेमा उहाँको जोड थियो ।

शतप्रतिशत बालबालिका विद्यालय भर्ना घोषणा कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष धुव्रप्रसाद देव, सचिव नरेन्द्र यादव, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक खिलानाथ निरौला र अरुण महतो, शिक्षा समन्वय एकाइ समिति संयोजक फणीन्द्र खत्री, गैसस महासङ्घ अध्यक्ष शम्भु चौधरी, छिन्नमस्ता गाउँपालिका–२ का वडाध्यक्ष चुनचुन साहलगायतका वक्ताले कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नदिन सबैले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal