Bachelors Portal

निजी विद्यालयको सबै आन्दोलनका कार्यक्रम हाललाई स्थगित

Managed Admission 2022

निजी विद्यालय सञ्चालकले गर्दै आएको सबै आन्दोलनका  कार्यक्रम हाललाई स्थगित  गरेका छन् । शिक्षा मन्त्रालयसंगको  छलफलपछि निजी विद्यालयका संस्थापकहरूले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । 

संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले निजी विद्यालयहरुलाई धारासाही बनाएको भन्दै आन्दोलित निजी विद्यालय सञ्चालकहरूले सरकारसंग सहमति भएपछि आन्दोलन स्थगित गरेका हुन् । हिसान, एन प्याब्सन र प्याब्सनले केही दिनदेखि आन्दोलनमा उत्रिएको थिए ।

आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने प्याब्सनले बताएको छ । प्याब्सनले सरकारसँग वार्ता भइरहेको  जानकारी दियो । प्यब्सनकाअनुसार निजी विद्यालयका सबै मागमा सहमति भएको छ ।

वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, शिक्षा सचिव सुरेश अधिकारी, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा, रक्षा सचिव किरणा राज शर्मा, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा रहेको र निजी विद्यालयका तर्फबाट हिसानका अध्यक्ष रमेश सिलवाल, प्यब्सनका अध्यक्ष डीके ढुंगाना, एन प्यब्सनका अध्यक्ष पाण्डव हमाल र प्यव्सनका निवर्तमान अध्यक्ष टिकाराम पुरी, प्यब्सनका महासचिव आरबी कटवाल रहेको एन प्यब्सनका अध्यक्ष पाण्डव हमालले बताए ।

तर, संसदमा मन्त्री परिषद्बाट स्वीकृत भएको १० दिन बिति सक्दा पनि विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता हुन सकेको छैन । अहिलेसत्ता पक्ष नै पुराना कुरा फेरिएर आएको भन्दै दर्ता गर्ने पक्षमा देखिएको छैन । 

Select college / campus