After SEE Portal

अनलाईन कक्षा मार्फत पढाउँदै अक्षर विद्या मन्दिर

Bridge Course

अक्षर विद्या मन्दिर, जनकपुरले आफ्ना विद्यार्थीहरुको लागि बिहिबारदेखि अनलाईन कक्षा प्रारम्भ गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा देशका अधिकांश स्कुल कलेजहरु बन्द रहेको बेला उक्त विद्यालयलेआफ्ना विद्यार्थीहरुको लागि बिहिबारदेखि अनलाईन कक्षा प्रारम्भ गरेको छ ।

विद्यालयले जानकारी दिए अनुसार सो कक्षा सञ्चालनको लागि माइक्रोसफ्टको टिम प्लेटफार्म प्रयोग गरीएको छ । कक्षा सञ्चालनको लागि सम्पूर्ण अभिभावकहरुको युजर नेम र आईडी बनाइएको छ । यी कक्षाहरु शिक्षकहरुले आफ्नो घरैबाट सञ्चालन गर्ने छन् । यी कक्षाहरु आईतबारदेखि शुक्रबारसम्म हप्ताको ६ दिन र दिनको दुईघण्टा सञ्चालन हुनेछ ।

विद्यार्थीहरुको लागि अनलाईन पुस्तकका साथै असाइन्मेण्ट पनि अनलाईनको माध्यमबाट बुझाउने व्यवस्था रहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पंकज जालानले बताउनुभयो। विद्यालयका प्राचार्य प्रकाश कुमारले जानकारी दिएअनुसार सबै कक्षाहरुको लागि फरक फरक शिक्षकहरुद्वारा बेग्ला बेग्लैकक्षा सञ्चालन हुनेछ ।

यी कक्षाहरुमा जति पनि विद्यार्थीहरुले सहभागि हुन पाउने छन् । कक्षाहरु नयाँ शैक्षिक सत्रको अनुसार  सञ्चालन हुने विद्यालयले जनाएको छ । सानो उमेरका विद्यार्थीहरुलाई यी सबै कक्षाहरुमा अभिभावकहरुले सघाउने पर्नेछ । आफ्नो स्थापना कालदेखि नै अक्षर विद्या मन्दिरले सुचना प्रविधीलाई अध्ययन अध्यापनमा प्रयोग गर्दै आएको छ । कक्षा कोठामाहरुमा स्मार्ट बोर्ड देखि लिएर विद्यालयको सम्पूर्ण गतिविधिको बारेमा जानकारी गराउने स्कुलको एप्प ( स्मार्ट स्कुल ) पनि विद्यालयले प्रयोग गर्दै आएको छ ।

विद्यालयका बसहरुमा पनि जीपीएस जडान गरिएको छ । विद्यालयले विभिन्न किसीमका सफ्टवेयर प्रयोग गरेर विद्यार्थीहरुलाई श्रव्य दृश्य मार्फत अध्ययन अध्यापन गराउदैं आएको कुरा अध्यक्ष जालानले बताए । विद्यालयले विद्यार्थीहरुको सैद्धान्तिक ज्ञानको साथ साथै व्यवहारीक ज्ञान बढाउन उत्तिकै ध्यान पुर्याएको छ । 

A Levels MA
Thuprai - Books and E-books