A Levels MA

इ–भिलेजमा कृषि शिक्षा

काभे्रपलाञ्चोक, ११ असोज (रासस): इ–भिलेजको नामले परिचित काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम अन्तर्गत यस शैक्षिक सत्रदेखि कृषि शिक्षा लागू गरिएको छ । 

स्थानीय बालबालिकाले कक्षा ८ सम्म कृषि विषय लिएर पढ्दा आफ्नै गाउँठाउँमा पराम्परागत बाहेक व्यावसायिक रुपमा उत्पादन गर्न सकिने कफी, अलैँची, कागती र अदुवा खेतीमा सघाउन सकून् भनेर स्थानीय पाठ्यक्रम कृषि शिक्षा लागू गरिएको हो । इ–भिलेजमा कक्षा १ देखि ८ सम्म नै ऐच्छिक कृषि विषयको अध्यापन भइरहेको छ । यसका लागि एक्सन एडले रु ५ लाख सहयोग गरेको थियो । 

एक्सन एडका नेपाल निर्देशक सुजिता शाक्य भन्नुहुन्छ – “नेपालको सन्दर्भमा कृिष जनशक्ति उत्पादन गर्नु निकै चुनौतीपूर्ण छ तर, इ–भिलेजले प्रस्ताव ग¥यो, हामीले सहयोग ग¥यौँ ।” उहाँका अनुसार स्थानीय विद्यालयमा लागू गरिने १०० पूर्णाङ्कको सीपमूलक कृषि शिक्षाले इ–भिलेजमा ठूलै फड्को मार्नेछ । 

तत्कालीन सात गाविसलाई इ–भिलेज बनाउन शैक्षिक ग्रामीण विकास केन्द्रले पाठ्यक्रम विकास केन्द्र, जिल्ला शिक्षा कार्यालय, शैक्षिक तालीम केन्द्र, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय तथा शिक्षाविद्को सल्लाहमा आधारभूत तह (१–८) सम्म स्थानीय कृषि शिक्षाको पाठ्यक्रम तयार गरेको हो । यससँगै आउँदो शैक्षिक सत्रमा कक्षा ९ हुँदै कक्षा १० सम्म कृषि पाठ्यक्रम लगिनेछ । 

केन्द्रले स्थानीय कृषि शिक्षाका लागि कक्षा १ देखि ५ सम्म शिक्षक निर्देशिकासमेत तयार पारिसकेको छ । पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि इ–भिलेजका ४८ वटा उच्च मावि, निमावि र प्राविमा लागू गरिएको हो । यसका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग सम्झौता गरिएको थियो । 

इ–भिलेजमा सरकारीे पुस्तकमा केन्द्रित अध्यापन प्रणालीको बदला ‘इनोभशन’ र ‘क्रिएशन’मा जोड दिन खोजिएको केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “सरकारी पाठ्यक्रम सीपमूलक भएन भन्ने ठानेर हाम्रै पाठ्यक्रम निर्माण गरी कृषि शिक्षा दिन लागेका हौँ ।” उहाँका अनुसार यस क्षेत्रमा ७० प्रतिशत विद्यार्थी कृषि विषय लिएर पढिरहेका छन् । 

कृषि विषयका लागि सहयोग नियोकले पहिलो चरण २७ वटा विद्यालयका २÷२ जना शिक्षकलाई तालीम दिएको थियो । सरकारले विसं २०४० सालमा अनिवार्य कृषि शिक्षा हटाई ऐच्छिक विषय बनाएको थियो । 

नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा सीपमूलक कृषि शिक्षा स्थानीय स्तरमा उपयोगी हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “यो शिक्षा निकै चुनौतीपूर्ण छ नै तर, उपयोगी शिक्षा हो ।’ उहाँले कृषि शिक्षाबाट स्थानीयस्तरमा दक्ष जनशक्ति उत्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यसअघि इ–भिलेजको प्रत्येक सरकारी विद्यालयमा इन्टरनेट सुविधा, इ–लाइबे्ररीमा अन्तक्र्रियात्मक पढाइ, पशुपालन तथा कृषिको स्थानीय पाठ्यक्रम, स्वास्थ्य चौकीमा इ–मेडिसिन लागू गरिएको थियो । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रविधियुक्त गाउँ बनाउने अभियानअन्तर्गत मण्डन देउपुर नगर क्षेत्रका जैसिथोक, महादेवस्थान, चण्डेनी र ज्याम्दी, नयाँगाउँ, गैरीबिसौना र वालुवापाटी गाउँलाई ग्रीन भिलेज बनाउने अवधारणा ल्याइएको हो । 

यी गाविसलाई ‘इ–भिलेज’ नाम दिएर काभे्रपलाञ्चोकको उत्तरपूर्वी क्षेत्रलाई ५ वर्षअघि केन्द्रले इ–एजुकेशनको नामबाट ती गाउँमा एकैसाथ काम थालेको थियो । प्रविधि सञ्जालका रुपमा विकसित भएको यहाँका विद्यालयमा इ–एजुकेशनका लागि नपाका उच्च मावि, मावि, निमावि र प्रावि गरी ४८ वटा विद्यालयमा कम्प्युटर तथा इन्टरनेट उपलब्ध गराइएको छ । 

यी गाउँमा सूचना–प्रविधिसँगै हरियाली विकास गर्न संस्थाले ७०० रोपनी जमीनमा कफी खेती तथा १५० रोपनी जमिनमा इलाइची खेती गरेको छ । केन्द्राध्यक्ष सापकोटाले भन्नुभयो – “सबै गाविसका खाली जमीनमा यी खेती विस्तार गरी इ–भिलेजसँगै ग्रीन–भिलेज बनाइने योजना छ ।” उहाँका अनुसार यहाँका विद्यार्थी र अभिभावकको सहयोगमा कृषकले सूचना–प्रविधिसँगै व्यावसायिक खेती गरी हरियाली गाउँमा रमाउँदै शिक्षण खर्च पनि जुटाउने उद्देश्यका साथ ग्रीन–भिलेज कार्यक्रम शुरु गरिएको हो । 
यसअघि, मण्डनको डेडिथुम्का उच्च माविमा केन्द्र बनाई मण्डन देउपुर नपाका सात वटा माविलाई उपकेन्द्र बनाई इन्टरनेट सञ्जाल विस्तार गरिएको थियो । केन्द्रको इ–एजुकेशन, इ–मेडिसिन र इ–एग्रीकल्चर कार्यक्रम सञ्चालनमा वायरलेस प्रविधिज्ञ महावीर पुनले सहयोग गर्नुभएको छ । ‘कनेक्टिभिटी’का लागि नगरकोट र चण्डेनी मण्डनस्थित उमा सहशिक्षालय माविमा टावर राखिएको छ । इ–मेडिसिनका लागि धुलिखेल अस्पतालले स्थानीय स्वास्थ्य चौकीको समन्वयमा टेलिमेडिसिन तथा इ–एग्रीकल्चरका लागि सात वटै गाविसमा कृषि सूचना केन्द्र स्थापना गरिएको छ । 

जिल्लाको सबै नपा तथा गाउँपालिकामा यस्तै सञ्जाल जोड्ने अभियानमा केन्द्र छ । मण्डन देउपुर नपाका सबै उच्च मावि र माविले कम्प्युटर विज्ञान र सूचना प्रविधिबारे शिक्षा दिइरहेका छन् । 
इन्टरनेटका लागि अन्य विद्यालयमा कम्प्युटर तथा प्रिन्टर, फोटोकपी र फ्याक्स मेसिन, इ–मेडिसिनका लागि सात वटै स्वास्थ्य केन्द्रमा ल्यापटप व्यवस्था गरिएको छ । उमा सह–शिक्षालय उमाविका प्रधानाध्यापक शालिकराम श्रेष्ठ भन्नुहुन्छ – “शिक्षकहरु कम्प्युटर ल्याबमा बसी पाठ्यक्रमबारे थप जानकारी लिनुहुन्छ । साथसाथै विद्यार्थीलाई कम्प्युटर शिक्षा पनि दिइँदै आइएको छ ।” 

यहाँका बासिन्दाले इ–बुलेटिनमार्फत विश्वको सूचना सजिलै पाउनाका साथै स्वास्थ्य र कृषि उत्पादन तथा बजारबारे समेत जानकारी लिनसक्ने गरी सम्पूर्ण विद्यालय तथा सात स्थानमा टेलिसेन्टर स्थापना गर्ने योजना बनाइएको केन्द्रका अध्यक्ष सापकोटा बताउनुहुन्छ । 

हाल केन्द्र र उपकेन्द्रबाहेकका विद्यालयले भने लेखा तथा प्रशासनिक काम कम्प्युटरबाट गरिरहेका छन् । ते¥ह वटा माविमा विज्ञान प्रयोगशाला व्यवस्थित गरिएको छ । अहिले यी क्षेत्रका सबै विद्यालयमा डिजिटल यन्त्रबाट शिक्षकहरु हाजिर गर्छन् । 

– राजकुमार पराजुली 

Thuprai - Books and E-books