After SEE Portal

महानगरपालिकाद्वारा सिपमूलक तालिमका लागि २३ ओटा क्याम्पससंग सहमति

Bridge Course

काठमाडौं महानगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्न २३ ओटा क्याम्पससंग सहमति गरेको छ ।

सिपमूलक तालिम सञ्चालनका लागि कलेजहरुले कक्षाकोठा र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् भने, प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउने भएको हो । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्ने महानगरले जनाएको छ ।

महानगरपालिकाले चालु आर्थिक बर्षदेखि  कार्यान्वयनमा ल्याएको गौरव योजना अन्तर्गत  ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमका लागि सहमति गरेको हो ।

यो कार्यक्रममा रोजगारमूलक सिप विकास तालिम सञ्चालन हुने महनगरपालिकाले जानकारी दियो ।  सामाजिक विकास विभागले कार्यान्वयन यो कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गर्ने जनाएको छ ।

यो कार्यक्रम अन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने महानगरले जानकारी दियो  ।

 ‘रोजगारीका लागि सिप विकास तालिम चाहिनेहरु लक्षित वर्ग भएकोले रोजगारी वा आयमूलक काममा आवद्धता यसको नतिजा हो । महानगरको योजनामा सामाजिक उत्तरदायित्व वहन गर्दै कलेजसंगै हुनु सुखद कुरा हो ।’ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘सहकार्यबाट परिणाम प्राप्त गर्न सहज हुने हहुँदा  कार्यक्रमको सुखद थालनी नतिजामा देखिनुपर्छ ।’

तालिमका लागि १० हजारको आवेदन

सिपमूलक तालिमका लागि महानगरम करिब १० हजार जनाले आवेदन दिएका छन् ।  सूचना प्रविधिमा आधारित तालिममा धेरैले आवेदन दिएको महानगरले जानकारी दियो ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार ‘६९.७ प्रतिशत पुरुष र ३०.३ प्रतिशत महिला आवदेकमध्ये ४७.९ प्रतिशत बागमती प्रदेशका छन् । यस्तै मधेश प्रदेशबाट १२.१, कोशी प्रदेशबाट १२ प्रतिशत, सुदुरपश्चिमबाट ८.५ प्रतिशत रहेका छन् । आवेदक मध्ये  ८०.६ प्रतिशत बागमती प्रदेशमा बसोबास गर्ने रहेका छन् ।

१२ कक्षा उत्तीर्ण शैक्षिक योग्यता भएका आवेदकको संख्या सबैभन्दा धेरै ४८.२ प्रतिशत छन् । निरक्षर ३० प्रतिशत, एसईई वा एसएलसी उत्तीर्ण ९.८ प्रतिशत, स्नातकोत्तर ८.३ प्रतिशत रहेका छन् । २४.१ प्रतिशतले यसअघि नै तालिम लिएकाछन् । ७५.९ प्रतिशतले तालिम लिएको छैनन् ।

तालिम लिनेमध्ये १ बर्षभन्दा धेरै तालिम लिएका  आवेदकको संख्या १५.५ प्रतिशत छ । १८.९ प्रतिशतले १ महिनाभन्दा कम अवधिको, १९.१ प्रतिशतले ३ महिनादेखि १ बर्षसम्मको, ९.५ प्रतिशतले ६ महिनादेखि १ बर्षसम्मको तालिम लिएको झाले जानकारी दिए ।

तालिमका विधा

१     प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ् तथा सीसीटिभी क्यामरा जडान तथा मर्मत तालिम

२    सफ्टवेयर डिभलपमेन्ट तालिम

३    प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम

४    सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम

५    कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम

६    व्युटी पार्लर तथा सैलुन तालिम

७    मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम

८    लाइट भेहिकल मेन्टिनेन्स तालिम

९    कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम

१०    हस्तकला तथा मूर्तिकला तालिम

११    आकाशे पानी संकलन तथा रिजर्व वोरिङ् तालिम

१२    सरसफाइ तथा माली तालिम

१३    कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम

१४    हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम

१५    फास्टफुड÷चाइनिज र इन्डियन कुक तालिम

१६    बारिस्ता ÷ बेकरी तालिम

१७    बार ट्रेण्डिङ्÷वेटर÷वेट्रिस तालिम

१८    होम एप्लाइन्सेस मर्मत तालिम

१९    अनलाइन रोजगार तालिम

२०    सम्पदा निर्माण तथा मर्मत तालिम

२१    प्रोसेसनल अकान्टिङ् तालिम

२२    रिसेप्सनिष्ट तथा क्यासियर तालिम

२३    मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम

२४    ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ्

२५    एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम

२६    टुटिस्ट गाइड तालिम

२७    सेक्युरिटी गार्ड तालिम

२८    स्पा तथा थेरापी तालिम

२९    लघु उद्यम विकास सहजकर्ता तालिम

३०    जुत्ता बनाउने तालिम

३१    सहकारी व्यवस्थापक तालिम

३२    गरगहना बनाउने तालिम

३३    विभिन्न खेलकुदका लागि

३४    साइबर सेक्युरिटी

३५    अन्य तालिमका लागि

तालिममा भाग लिन चाहनेहरुले वडा कार्यालयमा सम्पर्क गरेर वा अनलाइन फारामबाट आवेदन दिन सकिन्छ ।

 

A Levels MA
Thuprai - Books and E-books