CMAT

मानविकी तथा सामाजिक शास्त्र सङ्कायका विद्यार्थीलाई  सिनासवृत्ति प्रदान गर्न सम्झौता

Bachelors Portal

नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) र त्रिभुवन विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सिनासवृत्ति प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त  कार्यक्रम् त्रिविको  मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको शोधकार्यका लागि शैक्षिक सत्र २०८०–८१ देखि लागु हुने भएको हो ।

सिनासवृत्ति उपलब्ध गराउने उद्देश्यले सिनास र स्ववियु, विश्वविद्यालय क्याम्पस विच मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूको शोधकार्य सम्पन्न गर्नको लागि प्रति विभाग १ विद्यार्थी सिनासवृत्ति स्थापना गरिने  सम्झौतापत्रमा उल्लेख छ ।

सिनासवृत्ति विभागबाट सिफारिस भइआएका सर्वोत्कृष्ट विद्यार्थीलाई  पच्चिस हजार श्रपियाँ सिनास वउत्तिप्रदान गरिने भएको छ । 

 सिनासवृत्ति सिनासले केन्द्रीय विभाग र स्ववियुसंग समन्वय गरी आवश्यक कार्यविधि बनाएर शैक्षिक सत्र २०८०–८१ बाट निरन्तर रूपमा सञ्चालनमा ल्याइने सम्झौता पत्रमा उल्लेख छ ।

Thuprai - Books and E-books
I Tech store