A Levels MA

इञ्जिनीयरिङ, प्रविधि र भाषाबारे सहकार्य गर्न सम्झौता

‘एड्भान्स्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट र गोथे जेन्ट्रम काठमाडौँ’बीच इञ्जिनीयरिङ, प्रविधि र जर्मन भाषाका माध्यमबाट संयुक्त शैक्षिक सम्बन्ध प्रवर्धनका विषयमा सम्झौता भएको छ ।

अन्तरसञ्जाल सम्मेलनमार्फत आज आयोजित कार्यक्रमकाबिच एड्भान्स्ड कलेजका तर्फबाट कार्यकारी निर्देशक कपिलदेव रेग्मी तथा गोथे जेन्ट्रम काठमाडौँका तर्फबाट निर्देशक सेवास्टेन वइट्स्चले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन् । वइट्स्चले इञ्जिनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण प्रदान गर्ने कार्यमा एड्भान्स्ड कलेजले सही मार्ग अवलम्बन गरिरहेको बताए ।

गोथे जेन्ट्रम काठमाडौँका भाषा विभाग प्रमुख बेञ्जामिन म्याटेर्नले कलात्मक शैलीमा विद्यार्थीको भाषिक सिकाइ क्षमता अभिवृद्धि गरी उनीहरूको सशक्तीकरण गरिने बताए । एड्भान्सड कलेजका कार्यकारी निर्देशक रेग्मीले सो सहकार्यबाट एड्भान्सड कलेजका विद्यार्थीको वैदेशिक शिक्षाको छनोटको क्षितिज अझ फराकिलो हुने बताए ।

Thuprai - Books and E-books