After SEE Portal

पुस्तकालयको स्तरोन्नतिका लागि सम्झौता

Bridge Course

स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित मातृभूमि सामुदायिक पुस्तकालय र रीड नेपालबीच पुस्तकालयको स्तरोन्नति गर्ने सम्झौता भएको छ ।

कालीगण्डकीमा रहेको पुस्तकालयको स्तरोन्नतिका लागि रु ५२ लाख २४ हजार ८४६ उपलब्ध गराउने गरी रीड नेपालकातर्फबाट उपनिर्देशक चीनकाजी श्रेष्ठ र पुस्तकालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कालीगण्डकी गाउँपालिकासहित आसपासका क्षेत्रको नमूना पुस्तकालय बनाउने गरी अभियान थालिएको मातृभूमि सामुदायिक पुस्तकालयका अध्यक्ष पाण्डेयले बताए ।

पहिलो चरणमा भवन निर्माण सम्पन्न गरेसँगै दोस्रो चरणमा पुस्तकालयको स्तरोन्नतिको काम गरिने अध्यक्ष पाण्डेयले बताए । “विभिन्न सङ्घ संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा पुस्तकालयको भवन निर्माण सम्पन्न गर्यौँ”, अध्यक्ष पाण्डेयले भने, “अब दोस्रो चरणको सम्झौताबमोजिम जापान सरकार, शान्ति भोलेन्टियर एसोसिएसन र रीड नेपालले पुस्तकालयलाई भौतिक सामग्री, पुस्तक, साधन स्रोत, तालिम तथा अन्य प्राविधिक सहयोग उपलब्ध गराउने सम्झौता गरिएको हो ।”

गुणस्तर, आर्थिक पारदर्शिता, स्थानीय सहभागितालाई पूर्णरुपमा पालना गर्दै अगाडि बढ्ने अध्यक्ष पाण्डेयले बताए । जिल्लाकै दुर्गम स्थानमा निर्माणाधीन पुस्तकालयले स्थानीय विकास र अध्ययनका लागि महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष पाण्डेयको भनाइ छ ।

रीड नेपाल र पुस्तकालयबीच पहिलो चरणमा भवन निर्माण समयमै सम्पन्न भएजस्तै दोस्रो चरणको सम्झौता पनि समयमै र उत्कृष्ट ढङ्गबाट सम्पन्न हुनेमा आफू विश्वस्त रहेको रीड नेपालका उपनिर्देशक श्रेष्ठले बताए । “पहिलो चरणमा भवन निर्माणका लागि सहयोग गरेका हौँ”, उनले भने, “भवन निर्माण सम्पन्न भएसँगै अब दोस्रो चरणका लागि गुणस्तरीय पुस्तकालय स्थापनाका लागि सम्झौता गरिएको छ ।”

A Levels MA