After SEE Portal

केयु र अष्ट्रेलियाको क्राउन इन्स्टिच्युटबीच शैक्षिक सहकार्यका लागि सम्झौता

Bridge Course

काठमाडौंविश्वविद्यालय (केयु) र अष्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसन दोहोरो स्नातक डिग्री सञ्चालन गर्ने सम्झौता भएको छ ।

विद्यार्थीले नेपाल र अष्ट्रेलियामा दुई÷दुई वर्ष अध्ययन गर्न पाउने गरी सम्झौता भएको हो ।

शैक्षिक वर्ष २०२३–२४ देखि विभिन्न विषयमा  हो । दोहोरो डिग्री कार्यक्रमको एक भागको रूपमा विद्यार्थीहरूले दुई वर्ष नेपालमा र दुई वर्ष अष्ट्रेलियामा अध्ययन गर्न पाउनेछन् ।

सम्झौता अनुसार दुवै संस्थाले संयुक्त रुपमा अध्यापन तथा अनुसन्धान, शैक्षिक सामग्रीको आदानप्रदान, कर्मचारी र विद्यार्थीको बौद्धिक अभिवृद्धि, विद्यार्थीको सह–पर्यवेक्षण, अध्ययन भ्रमण, सेमिनार लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।

केयूका उपकुलपति प्राडा भोला थापा र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।

सो कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क एजुकेसनल एक्सचेन्जले नेपाल–अष्ट्रेलिया सम्बन्धको आधारशिला भएको बताए ।

केयुका उपकुलपति प्राडा थापाले सम्झौतामा हस्ताक्षर हुनुलाई साँचो अर्थमा विश्वविद्यालय बनाउने दिशामा एउटा महत्वपूर्ण कदम भएको बताए । थापाले यो सम्झौता उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विश्वका उत्कृष्ट शैक्षिक संस्थाहरूसँग साझेदारी गर्ने पहलको हिस्सा भएको बताए ।

केयुका रजिष्ट्रार प्राडा अच्युत वाग्लेले आगामी पुस्ताका विद्यार्थीलाई उत्कृष्ट शिक्षा प्रदान गर्न शिक्षाको युनिक ब्राण्ड निर्माण गर्ने दिशामा यो सम्झौता भएको बताए ।

केयु स्कुल अफ साइन्सका डिन प्राडा मनिष पोखरेल, अष्ट्रेलियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत र क्राउन इन्स्टिच्युटका निर्देशकले आआफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्राउन इन्स्टिच्युटका निर्देशक दिपक खड्काले यो सहकार्यले अष्ट्रेलियाका विद्यार्थीलाई नेपाल ल्याउन सहयोग पुग्ने बताए ।

A Levels MA