शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघ, नेपालविच समग्र शिक्षा विकास तथा विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनको समन्वय एवं सहजीकरणको लागि सम्झौता भएको छ ।
मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघ, नेपालविच विद्यालय शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न भनी सम्झौता भएको हो ।
आर्थिक वर्ष २०७९–८० देखि देशभरमा कार्यान्वयनमा ल्याइएको ूविद्यालय शिक्षा क्षेत्र योजना (२०७९–८०÷०८८–८९) को कार्यान्वयनको सन्दर्भमा स्थानीय तहको रुपमा रहेका गाउँपालिकाहरुमा कार्यक्रम सञ्चालनको लागि समन्वय एवं सहजीकरणमा सहयोग पुर्याई योजनाले लिएका लक्ष्य पूरा गरी उपलब्धी हासिल गर्न यो समझदारी गरिएको छ ।
विद्यालय शिक्षामा ‘सबैको समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, समन्वय र सहकार्य मार्फत शैक्षिक सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आव २०७९–८० देखि दश वर्षे विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा आएको छ ।
योजनाले राखेका लक्ष्य तथा उद्देश्य पूरा गर्न स्थानीय तह मार्फत वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन हुने संस्थागत प्रबन्धलाई सुदृढ र प्रभावकारी वनाउने सम्झौत पत्रमा उल्लेख गरिएको छ ।