After SEE Portal

लर्डवुद्ध र नेपाल लाईफ इन्स्योरेन्सबिच सम्झौता

Bridge Course

मुलुकभित्र व्यवसायिक शिक्षा र सिपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेसन फाउण्डेसन र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन ।

सिपयुक्त रोजगारीको बढ्दो मागलाई सम्वोधन गर्न एवं व्यवसायिक शिक्षा उपलव्ध गराउनका लागि फाउण्डेसन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो ।

फाउण्डेसनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रुपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरुले पढाईका साथै रोजागारीको समेत अवसर पाउने फाउण्डेसनका अध्यक्ष पंकज जलानले बताए ।

यस्तै एमबीए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीका तर्फबाट ६ जना विद्यार्थीलाई फाउण्डेसनले निशुल्क अध्ययन सुविधा उपलव्ध गराउने समेत सहमति भएको छ । इन्स्योरन्स कम्पनीले छनोट गर्ने ६ जना विद्यार्थीलाई सैक्षिक सत्रमा लाग्ने १० लाख २० हजार रुपियाँ खर्च फाउण्डेसनले बेर्होने छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा कार्यरत विमा अभिकर्ताहरू मध्ये ६ जनालाई सूचना प्रविधिको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च फाउण्डेसनले बेहोर्नेगरी सहमति भएको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले सामाजिक उत्तरदायित्व अन्र्तगत निशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए । सो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने उनको भनाई छ ।

सूचना प्रविधिको विकास र प्रयोग बढेपनि सो अनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरूले पहल गरेको अध्यक्ष जलानको भनाई छ । सरकारले पछिल्लो समय अंगिकार गरेको पढ्दै कमाउँदै नीतिको व्यवहारिक कार्यन्वयनका लागि फाउण्डेसनले पनि पहल गरीरहेको अध्यक्ष जलानले बताए।

सहमतिपत्रमा फाउण्डेसनका अध्यक्ष पंकज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले हस्ताक्षर गरेका छन् ।

A Levels MA