After SEE Portal

एसईई र कक्षा १२ का विद्यार्थीलाई कम्तीमा दुइ हप्ताको समय दिइने

Bridge Course

सरकारले परीक्षा दिने तयारीमा रहेका एसईई र कक्षा १२ का विद्यार्थीलाई लकडाउन खुलिहाले कम्तीमा दुइ हप्ताको समय दिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का अनुसार जनजीवन सामान्य अवस्थामा फर्किदैं गएपछि परीक्षाको समय तालिका सार्वजनिक गरिने तयारी भइरहेको छ ।

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका कारण स्थगित भएको एसईई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा परीक्षा बोर्डले सरोकारवालासंग छलफल गरिरहेको छ । बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘सरोकारवालाहरुसंग छलफलमै छौं । लकडाउन लम्बिएपछिको अवस्थामा विभिन्न विकल्पका बारेमा छलफल चलिरहेको छ ।’

मुख्यतः लकडाउन लम्बिएपछि परीक्षा सञ्चालन सन्दर्भमा बैकल्पिक उपायहरुको खोजि भइरहेको छ ।  कक्षा १२ को परीक्षा पनि एसईई संगै सञ्चालन गर्ने गरी तयारी थालिएको नियन्त्रक  खकुरेलले बताए ।

कक्षा १२ को परीक्षा यही वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । एसईईमा ४ लाख ६६ हजार ९७ परीक्षार्थी सहभागी हुने भएका छन् ।

नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी रहेको परीक्षा बोर्डले जनाएको छ ।  

A Levels MA
Thuprai - Books and E-books