After SEE Portal

कुलपतिको हस्तक्षेपपछि उपप्रध्यापक छनोट प्रक्रिया स्थगित

Bridge Course

सेवा आयोगले १६ चैत २०७८ मा खुलाएको खुलातर्फको उप–प्राध्यापक पदको विज्ञापन रोक्न माग गर्दै नेविसंघले ताला लगाएको थियो । करिब तीन महिनापछि प्रधानमन्त्री कार्यालयले उक्त विज्ञापन हाललाई स्थगित गर्न निर्देशन दिंदै विश्वविद्यालयलाई पत्राचार गर्यो ।

कुलपति तथा प्रधानमन्त्री कार्यलयको हस्तक्षेपपछि नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको कार्यालयले सञ्चालन गर्ने भनिएको उपप्रध्यापक पदको पदपूर्ति प्रक्रिया स्थगित गरिएको छ ।

विश्वविद्यालय सेवा आयोगको कार्यालयले गत चैत्र १६ जते जारी गरेको विज्ञापन नं ०३–०७८–०७९ को प्रक्रिया हस्तक्षेपपछि स्थगित गरेको हो ।

विश्वविद्यालय कार्यकारी परिषदको निर्देशन अनुसार २०७८ चैत्र १६ गते प्रकाशन गरेको सेवा आयोगको विज्ञापनहरूमध्ये सो विज्ञापन हाललाई स्थगित गरिएको आज विश्वविद्यालयले सूचना जारी गरी जानकारी दिएको छ ।

‘नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवं सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयबाट उक्त विज्ञापनको प्रक्रिया हाललाई स्थगित गर्न विश्वविद्यालयलाई निर्देशन भए अनुसार’ सो विज्ञानपनलाई प्रक्रियामा लैजान रोकिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको उक्त निर्देशन कार्यान्वयनका लागि उक्त विज्ञापन हाललाई स्थगित गर्न विश्वविद्यालय केन्द्रीय कार्यालयबाट विश्वविद्यालय सेवा आयोगलाई २०७९ साउन ८ गते पत्रचार गरिएको थियो ।

सेवा आयोगले १६ चैत २०७८ मा खुलाएको खुलातर्फको उप–प्राध्यापक पदको विज्ञापन रोक्न माग गर्दै नेविसंघले ताला लगाएको थियो । करिब तीन महिनापछि प्रधानमन्त्री कार्यालयले उक्त विज्ञापन हाललाई स्थगित गर्न निर्देशन दिंदै विश्वविद्यालयलाई पत्राचार गर्यो ।

सेवा आयोगको साउन १० गते बसेको बैठकको निर्णयानुसार अर्को सूचना प्रकाशित नगरेसम्म उपप्राध्यापक पदको विज्ञापनको पदपूर्ति प्रक्रिया स्थगित गरिएको विश्वविद्यालयले जानकराी दियो ।

A Levels MA
Thuprai - Books and E-books