बाढीले बगाएको झोलुङ्गेपुल समयमा नै पुनः निर्माण हुन नसक्दा बालबालिका जोखिम मोलेर विद्यालय आवतजावत गर्न बाध्य भएका छन् ।
बाढीले पुल बगाएपछि सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी जोखिम मोलेर विद्यालय आउन बाध्य भएका हुन् ।
गत असोज १०, ११ र १२ गते आएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धुलीको सुनकोशी गाँउपालिका वडा नं ६ चैनपुर जोड्ने पुछिघाटको झोलुङ्गेपुलबाट जोखिम मोलेर बालबालिका विद्यालय आउने जाने गरेको स्थानीयहरू बताउँछन् ।
सो विदालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत २८ जना विद्यार्थी चैनपुरको बिग्रिएको पुलबाटै आवतजावत गरिरहेका छन् ।