After SEE Portal

कक्षा १२ को परीक्षा पछि कोही विदेशी विश्वविद्यालयको बारेमा बुझ्दै, केही प्रवेश परीक्षाको तयारीमा जुटे

Bridge Course

लालीगुरास राष्ट्रिय कलेजबाट हालै कक्षा १२ को बार्षिक परीक्षा दिएर नतिजाका पर्खाइमा बसेका अभिषेक लिम्बुलाई अहिले विभिन्न कन्सन्टेल्टी धाउने चटारो छ । उनी यो भन्दा माथिको अध्ययन विदेशी विश्वविद्यालयबाट गर्न चाहन्छन् । उनी कक्षा १२ पछि नरोकिइकन विदेशबाट स्नातक डिग्री हासिल गर्न चाहन्छन् । त्यसैले उनी अहिले कुन देशमा कसरी जाने ? कुन विषयको स्कोप के छ ? भन्ने बुझ्नका लागि शैक्षिक परामर्श केन्द्र धाउने गरेका छन् । ‘दैनिक दुई चारओटा कन्सल्टेन्सी पुग्छु, धेरैले कक्षा १२ व्यवस्थापन समूहबाट गरेको हुँदा अस्ट्रेलिया जान सुझाइ रहेका छन् ।’ उनी भन्छन्, ‘मेरो पहिलो रोजाइ अस्टे«लिया हो, अस्ट्रेलिया पाइन भने जर्मन प्रयास गर्छु ।’

उनी जस्तै विदेशबाट उच्च शिक्षा हासिल गर्ने सपना बोकेर सहरका गल्ली गल्ली र चोक चोक धाउँदैछन् ग्लेसियर इन्टरनेसन कलेजबाट व्यवस्थापन समूहबाटै कक्षा १२ को परीक्षा दिएर बसेका क्षितिज कार्की पनि । उनको पनि पहिलो रोजाइको गन्तव्य मुलुक अस्ट्रेलिया नै परेको छ । पढ्न पनि पाइने । पढाइपछि पनि रोजगारीका लागि नेपालमा जस्तो ठुला भनिनेको चाकडी गर्नु पनि नपर्ने हुँदा उनी अस्ट्रेलियाबाट गर्न सोचका साथ विभिन्न कन्सल्टेनसीको ढोकासम्म पुगेको बताउछन् ।

त्यस्तै व्यवस्थापन संकायमा १२ को परिक्षा दिइका संजोक श्रेष्ठ भने स्नातक अध्यायनको लागि विदेश जाँने तयारीमा लागेका छन् । उनले त्यसैको लागि कोटेश्वरमा आयल्स पढिरहेका छन् । नेपालमा पढेर पनि जागिर खान निकै गाह्रो हुने भएकाले विदेश जाने सोच बनाएको उनले बताए ।

पारामेडिकल पढ्ने चाहना आफ्नो उज्वल भविष्यको सपना बोकेर निश्चल बस्नेत बुटवलबाट इन्ट्रान्स परिक्षाकै तयारी गर्नका लागि काठमाडौं आएका छन् । होस्टेलमा नै बसेर उनी स्नातक तहमा प्यारामेडिकलमा गर्ने लक्ष्यका साथ तयारी कक्षा लिइ रहेका छन् ।

विद्यार्थी बस्नेतलाई पढ्नका अलवा नयाँ नयाँ ठाउँ घुम्न पनि उत्तिकै मन पर्छ । यो समयका लामो छुट्टि त हुन्छ तर , इन्ट्रान्सको लागि पढ्दैमा समय जाने उनले बताए । उनि खालिरहेकोे समयमा पब्जि खेल्ने तथा सामाजिक संजालमा समय विताउने गर्दछन् ।

उनि सँगै नेममा तयारी कक्षामा पढ्न आएका अर्को विद्यार्थी हुन् शिशिर गौतम । प्लस टु सकिएपछि इन्ट्रान्स प्रिपेरेशन गर्ने चटारोमा लागेका विद्यार्थी मध्ये गौतम पनि एक हुन् । एमबीबीएस पढ्ने सपना बोकेर उनिपनि काठमाडांै सम्म आएका छन् । राम्रो सँग तयारी गरेर एमबीबीएस छात्रवृत्तिमा पढ्ने लक्ष्यका साथ अहिलेबाटै तयारीमा जुटेका छन् ।

कक्षा १२ पछि छोरोलाई एमबीबीएस तयारीको लागि ट्युसन सेन्टर अभिभावकले नै पुर्याउने गरेका छन् । विभिन्न जिल्लाबाट अभिभावक आफैं आफ्ना छोराछोरीलाई स्नातक तहको भर्नाका लागि तयारी गराउन काठमाडौंमा लिएर आएका छन् । कास्कीको पोखराबाट छोरालाई एमबीबीएसको तयारी गराउन छोरो लिएर रमा तिवारी काठमाडौं आएकी छन् । प्रवेश परीक्षा तयारी गर्ने विद्यार्थीको संख्या देखेर आफू छक्क परेको उनले बताइन् ।

एमविविएस सँगसँगै इन्जिनियरिङ तयारी गर्नेहरुको पनि उस्तै चमक छ । थापाथली स्थित पिइए इन्स्टिटिउट इन्जिनियरिङ प्रिपिरेसन गराउने नाम चलेको ठाउँ हो । भर्खरै १२ को परिक्षा दिएका विद्यार्थीहरुको यहाँ हरेक वर्ष घँुइचो लाग्ने गरेको छ । इन्जिनियरिङ पढ्ने सपना बोकेर आउने विद्यार्थीको यो इन्स्टिटिउटमा हरेक वर्ष घुँइचो लाग्ने गर्छ । यो वर्ष पनि त्यस्तै चाम छ ।

इन्जिनियरिङमा १ हजार ४०० को हाराहारीमा सिट संख्या छ् । जसमध्ये ४०० को हाराहारीले पूर्ण छात्रवृत्ति पाउँछन् । यो खाली समयमा त्यसैको तयारी गर्ने आउने विद्यार्थीको भीड छ । यो वर्ष उत्कृष्ट एक हजार विद्यार्थीलाई छात्रवृत्ति घोषणा गरेको यो तयारी केन्द्रमा विद्यार्थीको चाम धेरै छ ।

प्ल टु पछिको खालि समय करिअर डिसाइड गर्ने समय भएको विद्यार्थी असोक शाहले बताए । तिनकुने स्थित पेन्टागन इन्टरनेसनल कलेजबाट उनले पनि भर्खरै १२ को परिक्षा सकेका छन् । औपचारिक पढाई नभएपनि यो समयमा पढिएन भने आफ्नो सपना पछाडिनै छुट्ने उनको ठम्याइ छ । उनि एम विविएकै तयारिमा जुटेका छन् । यो बर्ष सरकारी कोटामा नाम निस्केन भने एक बर्ष कुर्ने र अर्को बर्ष पनि नाम ननिस्के फारमेसी पढ्ने उनले बताए ।

यस्तै अनेक सपना बोकेर कक्षा १२ को नतिजा कुरेर बसि रहेका छन् ४ लाख १० हजार ५० जना विद्यार्थी । अधिकांश विद्यार्थी नेपालमा नै आफ्नो राजाइको विषय पढ्नका लागि तयारी कक्षा लिइरहेका छन् भने केही उच्च शिक्षाका गन्तव्य मुलुक खोज्दै परामर्श केन्द्र धाउँदै छन् ।

धेरै व्यवस्था परिवर्तन भए पनि अझै देशले अझै नेपालमै उच्च शिक्षाको गन्तव्य मुलुक हो भन्ने चिनाउन सकेको छैन । अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाबाट दैनिक एक हजार भन्दा बढी विद्यार्थीले एनओसी लिन गरेका छन् । शाखाका अनुसार २०२२ जनवरी १ देखि जुलाई ४ सम्म ९१७ पुस २०७८ देखि २० असार २०७९ सम्म० ८२ हजार ४०९ वटा एनओसी जारी भएका छन् । पहिल्लो ६ महिनामा नै गत वर्षभरिको तथ्याङ्क भन्दा करिब दुई गुणा बढीले एाओसी लिएका छन् । शाखाका अनुसार १७ पुस २०७७ देखि १६ पुस २०७८ को एक वर्षमा ४५ हजार ८४३ एनओसी जारी भएको थियो । यो तथ्याङ्कलाई हेर्दा यो वर्ष अझबढी एनओसी जारी गर्नुपर्ने बाध्यतात्मक अवस्था उत्पन्न हुने विज्ञहरू बताउँछन् ।

A Levels MA