After SEE Portal

१२ वर्ष पछि दीक्षान्त समारोह सम्पन्न

Bridge Course

५७५ विद्यार्थी दीक्षित गर्दै नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । करिब १२ वर्षपछि विश्वविद्यालयले दीक्षान्त समारोह आयोजना गरेको हो ।

दीक्षान्त समारोहमा २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एकवर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह (बिएएमएस), आचार्य र विद्यावारिधि उतीर्ण गरेका चार हजार ४७३ मध्ये छन् ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समारोहको अध्यक्षता गरेका थिए । समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी सहभागी भएका थिए ।

समारोहमा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाबारे प्रकाश पारेका थिए । संसारभर मानवता, विश्वशान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउन भूमिका निर्वाह गर्न उनले दीक्षित छात्रछात्रालाई आग्रह गरे ।

मन्त्री राईले कुनै जाति, वर्ग, समुदाय र पक्षसँग मात्र सम्बन्धित नभई संस्कृत वाङ्मय सबैको साझा सम्पत्ति भएको बताए । समारोहमा विश्वविद्यालयका उपकुलपति प्राडा यादव प्रकाश लामिछानेले शास्त्री तहको पाठ्यक्रम २२ वर्षपछि परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनले आयुर्वेद स्नातक तह कक्षा बिएएमएस सञ्चालनमा ल्याएको र स्थापत्य शास्त्र अध्यापनका लागि पाठ्यक्रम तयारी अवस्थामा रहेको उल्लेख गर्दै उपकुलपति लामिछानेले एकीकृत प्राकृतिक चिकित्सा अस्पताल र आयुर्वेद जडीबुटी उद्यान निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताए ।

सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका सभासद लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री, जिल्लाबाट निर्वाचित सङ्घीय र प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

A Levels MA