After SEE Portal

पदाधिकारी नहुँदा पोखरा विश्वविद्यालयका सम्पूर्ण कार्य प्रभावित

Bridge Course

लामो समयदेखि पोखरा विश्वविद्यालय पदाधिकारी विहीन हुँदा विश्वविद्यालयको सम्पूर्ण कार्यक्रम प्रभावित भएका छन् । लामो समयदेखि विश्व विद्यालय उपकुलपति, रजिष्ट्रार, परीक्षा नियन्त्रक विहीन हुन पुगेको छ । पदाधीकारी विहीन विश्वविद्यालयले परीक्षालगायत अन्य कार्यक्रम सार्वजनिक गर्न सकेको छैन ।

अन्य विश्वविद्यालयले आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रममा सार्वजनिक गरिसक्दा पनि यो विश्वविद्यालयले आफ्ना कुनै कार्यक्रम सार्वजनिक गर्न सकेको छैन । स्नातकोत्तर र स्नातक तहको परीक्षाको तयारी भइरहेकाले परीक्षा भदौको अन्त्यबाट सुरु भइ दशैं अगावै सम्पन्न गरिने विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आज एक विज्ञप्ति निकाली जानकारी दिएको छ ।

औपचारिक हस्ताक्षरबिनाको विश्वविद्यालयको लोगोमा प्रकाशन गरिएको विज्ञप्तिमा विश्वविद्यालयले परीक्षा सञ्चालनको तयारी गरिरहेको भए पनि पदाधीकारी नहुँदा परीक्षाको तिथिमिति तोक्न नसकिएको उल्लेख गरिएको छ ।

पादाधिकारी नियुक्तिको माग गर्दै विभिन्न विद्यार्थी संगसंगठनले पटकपटक सरकारको ध्याकर्षण गराए पनि विगत एक वर्ष अगाडिदेखि खाली भएका विश्वविद्यालयका पदाधिकारी अहिलेसम्म नियुक्त हुन सकेका छैनन् ।

A Levels MA
Thuprai - Books and E-books