सचिव र उपसचिवको विज्ञापन स्थगित

लोक सेवा आयोगले विशेष कारण देखाउँदै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (सहसचिव र उपसचिव) को विज्ञापन आज गरेन ।

आयोगको बार्षिक कार्यतालिका २०८०-०८१ अनुसार आज प्रकाशन गर्नुपर्ने उक्त तहको विज्ञापन स्थगित गरेको हो ।

आयोजले गय राति एक सूचना जारी गर्दै, ‘आयोगको वार्षिक कार्य तालिका २०८०–०८१ अनुसार मिति २०८० असोज २४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८० असोज २३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको  छ’ भनेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal